२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

पानीको समायोजित मूल्य कार्यान्वयनको प्रक्रियामा छ : स‌ंयाेजक सन्नी केसी

पानीको समायोजित मूल्य कार्यान्वयनको प्रक्रियामा छ : स‌ंयाेजक सन्नी केसी

सन्नी केसी, संयाेजक, मूल्य समायाेजन समिति

नेपाल बोटल वाटर उद्योग संघले पानीको समायोजित मूल्य कार्यान्वयनको प्रक्रियामा रहेको जनाएको छ ।
संघ अन्तरगत हाललाई काठमाडौं उपत्यका भित्र पानीको मूल्य समायोजन गरी मूल्यमा एकरुपता ल्याउने उद्धेश्यले यस्तो प्रयाश गरिएको थियो ।

यस कार्यलाई सफल बनाउन फागुन ३० गते बसेको बोटल वाटर उद्योग संघ केन्द्रीय कार्यसमितिको बैठकले मूल्य समायोजन उपसमिति स्थापना गरी त्यसको संयोजकमा जागरुक व्यवसायी सन्नी केसीलाई नियुक्त गरेको थियो ।

केसी नेतृत्वको समितिले बजार अध्ययन गरी कार्यपत्र प्रतिवेदन तयार पारेर लकडाउन अवधिमा नै संघमा बुझाएको थियो ।

हाल यसलाई कार्यान्वयनको लागि प्रक्रिया अघी बढाइएको छ ।

केसी नेतृत्वको टीमले तयार पारेको कार्यपत्रमा ९ बुँदाहरु छन् । जसमा बजार व्यवस्थित बन्न नसक्नुका कारणहरु पहिचान गरी समाधानका उपायहरु समेत प्रस्तुत गरिएको छ । यसको अलावा समायोजित मूल्य सम्बन्धमा प्रस्ताव गरिएको छ । जुन संघको केन्द्रीय वैठकबाट पारित भइसकेको छ ।

बजार व्यवस्थित बन्न नसक्दा उद्योगीहरुले राम्रो लाभ लिन नसकेको तर बजारको मुख्य लाभ विक्रेताहरुले लिएको र यसबाट उपभोक्ताले पनि अधिक मूल्य तिर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न सहयोग पुग्ने मूल्य समायोजन समितिका संयोजक सन्नी केसीले बताएका छन् ।

सेतोघर डट कम सँगको कुराकानीको क्रममा संयोजक सन्नी केसीले बजारमा विभिन्न समस्याहरु रहेको र मूल्य समायोजन कार्य केही चुनौतीपूर्ण समेत हुँदाहुँदै पनि आफूहरुले यसलाई अब जसरी पनि कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता समेत जनाएका छन् ।

आफूहरुले निर्धारण गरेको मूल्यबाट उद्योगी, विक्रेता एवं उपभोक्ता लगायत सबै सरोकारवाला पक्षहरु लाभान्वित हुनेमा केसी अपेक्षारत छन् ।

यस्तो छ समायोजित मूल्य 
संघ मातहत मूल्य समायोजन समितिले तय गरी कार्यान्वयन गर्न लागिएको मूल्य प्रति कार्टुन उद्योग मूल्य १ सय १०, अधिकतम खुद्रा मूल्य प्रति बोटल १७, १९ लिटर जारमा उपलब्ध पानीको उद्योग मूल्य १८ र अधिकतम खुद्रा मूल्य ५५, डिलर मूल्य ३५ तथा खुद्रा मूल्य ४५ मा पानी उपलब्ध हुनेछ ।

हालको लागि यो नियम काठमाडौं उपत्यकाको लागि मात्र लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij