
काठमाडाैं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उक्त साधार सभा कम्पनीको केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो ।
सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सूरेशलाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तूत गर्नु भएको थियो ।
कम्पनीले आ. व. २०७५/०७६ मा कूल बीमा शूल्क १ अर्व ६४ करोड ६७ लाख ८८ हजार आर्जन गरि खूद मूनाफा २६ करोड ५८ लाख ५ हजार आर्जन गरेको छ ।
यसै गरी कम्पनीको चुक्ता पूजी रु. १ अर्ब ६ करोड ४५ लाख ६० हजार रहेको छ ।
साधारण सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट २ जना संचालकहरु केदार नारायण मानन्धर तथा बलराम श्रेष्ठ पुनः निर्विरोध निर्वािचत हुनु भएकाे छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij