दाङ– दाङमा तीन दिन पहिले उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ गुम्राह चोक प्रतीक्षालयको बेञ्चमा बेवारिसे अवस्थामा भेटिएको महिलालाई प्रहरीले उद्धार गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको थियो। उपचारकै क्रममा ती महिलाको मृत्यु भएपछि स्वाब संकलन गरेर कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ। बेन्चमा सुतेको र स्वास फेर्न गाह्रो अवस्थामा देखेपछि प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो।
ती महिलाको अहिलेसम्म नाम ठेगाना खुलेको छैन।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij