प्रकाशसिंह कार्की (समाजसेवी), अध्यक्ष, नेपाल फ्रेट फरवाडर्स एसोसिएसनउनै सामाजिक व्यक्तित्व प्रकाशसिंह कार्की सँग कुराकानी गरी उहाँको अनुभवमा आधारित यो सामाग्री प्रस्तुत गरेका छौं ।
राहत वितरण र यसको प्रभावकारित सम्बन्धमा कार्कीको धारणा
नेपाल सरकारले विपत्तिमा परेका व्यक्तिहरुलाई लक्षित गरेर लकडाउन भएपश्चात् शुरुकै दिनहरुमा राहत वितरण तर्फ चासो राख्यो । नागरिकको सुरक्षालाई मध्यनजर गरी सुविधा उपलब्ध गराउने त्यो राम्रो कुरा थियो । यद्यपि नेपालमा लकडाउन कति समय लम्बिन सक्छ र भावी अवस्था कस्तो हुन सक्ला ? भन्नेमा कुनै अनुमान नगरी लकडाउन शुरु हुने बित्तिकै राहत वितरण गर्दा त्यसले पछिका दिनहरु थप कष्टकर हुँदै गए । नेपाल सरकारले यस परिस्थिति तर्फ पहिले नै सोच्नुपर्ने जरुरी थियो । त्यो हुन सकेन । जसले गर्दा अहिले अवस्था आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको अवस्था निकै कष्टकर बन्दै गएको छ । तर नेपाल सरकार एवं सहयोगी संस्थाहरुले पनि शुरुका दिनमा जसरी विपत्तिमा परेका व्यक्तिहरुलाई राहत तथा सहयोगहरु भने उपलब्ध गराउन सकेका छैनन् । न त यस्ता व्यक्तिहरुको आयआर्जनका बाटाहरु नै खुल्न सकेका छन् । जसले गर्दा मानिसहरुको लागि रोग भन्दा भोक नै ठूलो समस्या बन्दै गएको छ ।
कोरोना नियन्त्रणमा राज्यको प्रयाश र प्रभावकारिताः
नेपालमा कोरोना संक्रमित विरामीहरुको सङ्ख्या अत्यन्तै न्यून रहेको समयमा नै नेपाल सरकारले लकडाउन घोषणा ग¥यो । जसले गर्दा हाम्रा आर्थिक क्रियाकलापहरु ठप्प हुनपुगे । तर अहिले भने नेपालमा कोरोना संक्रमितहरुको सङ्ख्या निकै नै बढ्दै गइरहेको छ ।
नेपाल सरकारले अहिले लकडाउन खुकुलो बनाएको छ । तर हाम्र्रो अवस्था भने अझ जटिल बन्दै गएको छ । जसले गर्दा हाम्र्रा अबका दिनहरु अझ कष्टपूर्ण हुने निश्चित छ । यस्तो अवस्थामा नेपाल सरकारले मात्रै परिस्थितिलाई नियन्त्रणमा लिन सक्ने अवस्था छैन । हामी हरेक व्यक्ति स्वयं नै सचेत र जागरुक बन्नुपर्ने आवश्यक छ ।
नेपाल सरकारले यसको निम्ति नेपालीहरुलाई सुरक्षित रहने तरिकाहरु सिकाएर नियमित काममा प्रोत्साहित गर्नुपर्ने आवश्यकता छ । लकडाउन खुकुलो बनेको अहिलेको अवस्थामा पनि बजार तत्काल चलायमान हुन सक्ने अवस्था समेत छैन । यसले गर्दा मानिसहरुलाई लकडाउन खुकुलो बनाउँदैमा राज्यको भूमिका नरहने भन्ने हुँदैन । नेपाली नागरिकहरुको अवस्था दयनीय रहेको तथ्यलाई दृष्टिगत गर्दै खास समस्यामा रहेका व्यक्तिहरुको सही यकिन गरी उनीहरुलाई अझै पनि राहत वितरण गर्नुपर्ने आवश्यकता छ ।
सरकारको अबको दायित्वः
नेपालमा कोभिड–१९ अझै कति समय लम्बिने हो भन्ने सुनिश्चित नभएको अवस्थामा नेपालमा अबका दिनमा कसरी हाम्र्रो अवस्थालाई व्यवस्थित गर्न सकिन्छ भन्ने सम्बन्धमा नेपाल सरकारले प्रत्यक्ष भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ । यसो हुँदाहुँदै पनि यस अवस्थालाई नेपाल सरकारले अझै पनि सामान्य रुपमा नै लिइरहेको जस्तो आभाष अधिकांश जनताहरुले गरेका छन् । नेपाल सरकारले यस लकडाउनलाई मात्रै आफ्नो दायित्व नसम्झिई अन्य तयारीलाई समेत सँगसँगै लैजानुपर्ने आवश्यकता भएपनि अहिले सम्म त्यसो हुन सकेको छैन । जसले सरकारको कमजोर दीर्घकालिन योजनालाई प्रष्ट पार्छ । जुन निकै दुखद छ ।
सरकारको ध्यान जानुपर्ने क्षेत्रहरुः
नेपाल सरकारले राहत वितरण, स्वास्थ्य चेकजाँच वृद्धि, स्वास्थ्य उपकरणको पहुँच विस्तार, क्वारेन्टाइनको गुणस्तर सुधार, तालिम लगायतमा विशेष चासो सहित आफ्नो भूमिका बढाउँदै जानुपर्ने आवश्यकता छ । गम्भीरतापूर्वक राज्यले आफ्नो ध्यान यी कुराहरुमा केन्द्रित गरी दरिलो कदम चाल्न सकेमात्र नागरिकहरुको अवस्था सुदृढ र सबल हुन सक्छ ।
राज्यको यी घटनाहरुमा ध्यान जानु पर्दैन ?
लकडाउन पश्चात् नेपालमा झण्डै १२ सय भन्दा बढी व्यक्तिहरुले आत्महत्या गरिसकेका छन् । यस बीचमा डेढ÷दुई सय गर्भवती तथा सुत्केरी महिलाहरुको राम्रो स्वास्थ्य उपचारको अभावकै कारण मृत्यु भएको अवस्था छ । यसरी गर्भवती एवं सुत्केरी महिलाहरुको मृत्यु र अकालमा आफ्नै ज्यानलाई दाउमा राख्नेहरुको सङ्ख्या बढिरहँदा पनि नेपाल सरकारले यी घटनाहरुलाई समेत गम्भीरतापूर्वक नलिनु निकै दुखद र लज्जास्पद छ ।
अहिले नेपाल लगायत विश्वभर नै यसरी विभिन्न कारणले मृत्यु हुने मानिसहरुको सङ्ख्या ह्वात्तै बढेको भएपनि यसरी अन्य कारणहरुले मृत्यु हुने मानिसहरुको लेखाजोखा नै गर्न छोडिएको छ । यसले अवस्था झन् भयावह हुन सक्ने त्रास समेत फैलाएको छ । यस्तो अवस्थामा नेपालीहरुलाई सुरक्षित बनाउँदै उनीहरुको तत्कालिन आवश्यकता सम्बोधन गर्नु जरुरी छ ।
कोरोना सँगै श्रृजना भएको भोकमरी सङ्कटः
कोरोनाले मानिसहरुको तत्काल मृत्यु नै नहुन पनि सक्छ । प्रतिरक्षात्मक क्षमता बलियो भएका व्यक्तिहरु बाँच्न सक्ने अवस्था पनि उच्च रहन्छ । तर अधिकांश नेपालीहरुको लागि अबको ठूलो समस्या भोकमरी बन्दैछ । ३ महिना लामो लकडाउनको मारमा सबैजसोः नेपालीहरु परिसकेका छौं । अझै पनि सार्वजनिक यातायात सञ्चालन नभएको कारण साधारण तवरले जीविकोपार्जन गर्ने नेपाली जनताहरुले लकडाउन खुकुलो भएको महसुस गर्न सकेका छैनन् । खोइ त राज्यले यस्ता व्यक्तिहरुको लागि के सोचेको छ ?
लकडाउन सँगै आउन सक्ने अबका समस्याहरुः
क) भोकः
भोक हाम्रो लागि पहिलो र ठूलो असर हुने निश्चित छ । कृषिप्रधान हुँदाहुँदै पनि आयातमै रमाइरहेको नेपालको लागि अहिलेको सङ्कट गतिलो झापड बन्ने निश्चित छ ।
ख) डिप्रेसनः
लामो लकडाउनको कारण मानिसहरुको आर्थिक अवस्था कमजोर बनेको छ । आयआर्जनका सबै स्रोतहरु बन्द छन् । आर्थिक गतिविधिहरु सुचारु बन्न सकेका छैनन् । खर्चको दायित्व भने बढ्दो छ । जसले गर्दा मानिस तनावमा छन् । यसले गर्दा ठूलो सङ्ख्यामा मानिसहरु डिप्रेसनको अवस्थामा पुग्ने आँकलन गर्न सकिन्छ । जसले गर्दा जीवनलाई भन्दा मृत्युलाई नै आफ्नो लागि निर्विकल्प माध्यमको रुपमा अपनाउन चाहने नेपालीहरुको सङ्ख्या बढ्न गई आत्महत्याका घटना बढ्न सक्छन् ।
|ग) आर्थिक मन्दीः
आर्थिक गतिविधिहरु सञ्चालन हुन नसक्दा विश्वभर नै आर्थिक मन्दी आउने निश्चित छ । यसको बढी प्रभाव कमजोर आर्थिक अवस्था भएकाहरुलाई नै पर्ने निश्चित छ ।
घ) चोरी डकैटी र लुटपाटः
आर्थिक अवस्था कमजोर भएका र जिउने आधार समेत नभएका साथै वेरोजगार बनेका युवाहरुको कारण नेपालमा चोरी डकैटी, लुटपाट, बलात्कार, घरेलु हिंसा जस्ता विकृति र विसङ्गतिहरु समेत फस्टाउन सक्ने अवस्था देखिन्छ ।
ङ) विरामी र दीर्घरोगीहरुमा परेकाे समस्याः
अहिलेको लकडाउनको कारण भएको यातायात बन्दले नियमित स्वास्थ्य चेकजाँच र औषधी सेवन गरिरहेका दीर्घरोगीहरु समेत निकै समस्यामा छन् । दीर्घरोगीहरुले समयमा राम्रो उपचार पाउन सकेका छैनन् । के नियमित स्वास्थ्य सुविधा नै वञ्चित हुन सक्ने कुरामा विचार गर्दै राज्यले यसलाई सुचारु गर्न उपयुक्त विकल्प खोजी गर्नुपर्दैन ?
स्वास्थ्य पहुँच अभावको मेरो अनुभवः
केही हप्ता पहिले मात्र म गृह जिल्ला सोलुखुम्बु जाने क्रममा कसैलाई औषधी आवश्यक भए खबर गर्नको लागि फेसबुक मार्फत नै सूचना पोष्ट गरेको थिएँ । उक्त पोष्टमा करिब १ सय व्यक्तिहरुले औषधी अर्डर गर्नुभयो । त्यो औषधी साथमा लिएर सोलुखुम्बु हिँडेको मैले उक्त औषधी सम्बन्धित व्यक्तिको पहुँच सम्म पु¥याउने क्रममा भौगोलिक जटिलता लगायतले गर्दा समेत निकै नै समस्या भोग्नुप¥यो ।
जनताले गरे राज्यहीनताको महसुसः
जटिल परिस्थितिमा औषधी सम्बन्धित विरामी व्यक्ति सम्म पु¥याउने कामको मुख्य दायित्व नेपाल सरकारको हुने गर्दछ । तर राज्य यसमा जिम्मेवारविहीन बन्न पुग्दा साधारण जनताहरु त्यसको सिकार भए । पैसा तिरेर औषधी जस्तो संवेदनशिल वस्तु किन्न चाहँदा सेवाग्राहीले त्यो सुविधा पाउन नसक्नुले हाम्रो तयारी र त्यसको प्रभावकारितालाई प्रष्ट पार्छ । औषधी जस्तो आधारभूत सेवा लिनको लागि समेत माथिल्लो तहमा पहुँच हुनुपर्ने जुन अवस्था अहिले पनि कायम छ, यो कति सम्म सान्दर्भिक विषय होला ?
यस्तो विषम परिस्थितिमा राज्यले चाहने हो भने उपयुक्त विकल्प सहजै दिन सक्थ्यो । १ हप्ता, १५ दिन वा १ महिना जस्ता निश्चित समयको अन्तरालमा आधारभूत औषधीहरु सम्बन्धित क्षेत्रमा पुग्न सक्ने गरी गाडीहरुलाई विशेष पास उपलब्ध गराएर पनि त्यो व्यवस्था गर्न सकिन्थ्यो । तर अहिले भने त्यसो हुन सकेन । राज्यको आवश्यकताको महसुस जनताहरुले अप्ठ्यारो अवस्थामा नै गर्ने हुन् । तर अहिलेको राज्य जनता प्रति जिम्मेवार बन्न नसकेको कारण जनताहरुले निकै नै दुख पाएका छन् । जनताहरुले राज्यविहीनताको महसुस गरेका छन् ।
नेपाली नागरिकहरुलाई सल्लाहः
कोरोनाबाट बच्नको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको हाम्रो आत्मविश्वास नै बलियो हुनुपर्छ । जुन एकदमै महत्वपूर्ण हुन सक्छ । सम्भव रहे सम्म हामी आफैंले नै आफ्नो लागिथ तयारी गर्नु जरुरी छ । एकदमै महत्वपूर्ण कुरामा मात्र राज्यसँग अपेक्षारत हुनुपर्छ ।
|मापदण्ड बमोजिम छैनन् नेपाली अस्पतालः
अहिले हाम्रा अस्पतालहरु पूर्ण मापदण्ड बमोजिम बन्न सकेका छैनन् । जसले गर्दा हाम्रा अस्पतालहरु पनि क्वारेन्टाइन जस्ता छन् । यी अस्पतालहरुले हाम्रो भावी जोखिमबाट पार दिन सक्ने अवस्था नरहन सक्छ । अहिले सामान्य अवस्थामा पनि अस्पतालमा भेन्टिलेटर पाउन सकिने अवस्था छैन । भेन्टिलेटरकै लागि अहिले पनि माथिल्लो तह सम्म नै फोर्स लगाउनुपर्ने अवस्था छ । यस्तो अवस्थामा एकैपटकमा दर्जनौं व्यक्तिहरुको लागि भेन्टिलेटर आवश्यक परेको अवस्थामा सिधै मृत्युवरण स्वीकार्नुको विकल्प पनि छैन । नेपालमा स्वास्थ्य अवस्था जटिल बन्दै गएको खण्डमा देशका उच्च पदस्थ व्यक्तिहरुले समेत स्तरीय स्वास्थ्य सुविधा पाउन सक्ने छैनन् ।
मानसिक रुपमा तयार होऔं, आत्मविश्वास बढाऔंः
नेपाल लगायत विश्वभर नै कोरोना कहिले समापन होला भनेर हामी कसैले पनि आँकलन गर्न सकिने अवस्था छैन । जसले गर्दा अनिश्चितकालिन रुपमा बजार बन्द गराएर मात्र समाधान ननिस्कने कुरालाई विचार गर्दै रोगसँग लड्न हामी मानसिक रुपमा तयार हुनु जरुरी छ । यसको लागि आत्मविश्वास दरिलो बनाउनुपर्छ । अब हामीले कोरोनालाई हाम्रो लाइफस्टाइलको रुपमा स्वीकार्दै सोही बमोजिम तयारी गर्नुपर्ने जरुरी छ । 
भावी अर्थतन्त्रमा कोरोनाको प्रभावः
नेपालमा सामान्य अवस्थामा समेत यहाँको उत्पादनले हाम्रै माग पूरा नहुने हुँदा बाहिर निर्यात गर्न सकिने अवस्था थिएन । आयात र रेमिट्यान्समा नै हाम्रो अर्थतन्त्र निर्भर रहँदै आएको थियो । तर अब भने यस सङ्कटसँगै आयात अझ बढ्ने र रेमिट्यान्स भित्रिने क्रम भने रोकिने अवस्था छ । यसले हाम्रो अर्थतन्त्रलाई अझ कमजोर बनाउँदै लैजान्छ । हाम्र्रो अहिलेको अनुमान छ कि विदेशबाट रोजगारी गुमाएर ढिलोछिटो विदेशिएका करिब ८–१० लाख मानिस नेपालमा आउनेछन् । एकातिर नेपालमा अहिले नै भएका युवाहरुलाई रोजगारी उपलब्ध गराउन सकिएको छैन । विदेशबाट फर्किने यति धेरै युवाहरुलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा हाम्रो लागि अबको अर्को ठूलो चुनौती हुने निश्चित छ ।
सम्भावना पनि बन्न सक्छ याे सङ्कटः
हामी इमान्दार प्रतिवद्ध हुने हो भने अहिलेको अवस्थालाई नयाँ सम्भावनामा बदल्न सक्ने अवसर समेत छ । युवाहरुको सही व्यवस्थापनको लागि राष्ट्र निर्माणमा उनीहरुलाई परिचालन गर्नको लागि दिगो सोच र योजना बमोजिम व्यवस्थित रुपमा हामी अघी बढ्नसके यसरी नेपाल भित्रिने युवाहरुलाई राष्ट्र निर्माण गर्ने र स्वाबलम्बन बन्ने नयाँ अवसरको रुपमा समेत उपयोग गर्न सकिनेछ ।
यसरी हुन सक्छ युवाहरुको व्यवस्थापनः
विदेशबाट नेपाल फर्किने युवाहरुले परिश्रमको महत्व बुझेका छन् । कुनै न कुनै सीप सिकेका छन् । उनीहरुले साथमा केही रकम समेत ल्याएका हुन्छन् । उनीहरुलाई नेपाल भित्र्याउनु साँच्चै खाँचो छ । साथै ती युवाहरुलाई तत्काल नै उपयुक्त काममा लगाउनुपर्ने जरुरी समेत छ । यस कार्यमा नेपाल सरकारले विशेष पहल गर्नु जरुरी छ । नेपालमा खेतीयोग्य जमीन ठूलो परिमाणमा छ । अहिले तत्काल नै यी युवाहरुलाई काममा लगाउनको लागि कृषि नै सबैभन्दा उपयुक्त विकल्प बन्न सक्छ ।
कृषिमा अबको सम्भावनाः
इजरायलमा १६–१७ प्रतिशत भू–भाग मात्र कृषियोग्य छ । त्यति क्षेत्रबाट उत्पादित कृषि उत्पादनले इजरायल आफ्नो आवश्यकता पूरा गरी बाह्य विश्वलाई समेत उत्पादन निर्यात गर्छन् । तर नेपालमा ३ चौथाई भू–भाग खेतीयोग्य भएर पनि हामी कृषि उत्पादनको लागि परनिर्भर छौं । बार्षिक दूध, तरकारी, मासु लगायतका वस्तुहरु किन्नको लागि अर्बौं रकम नेपालबाट विदेशिइरहेको छ । यस्तो अवस्थामा पहिलो चरणमा कम्तीमा विदेशबाट आयात हुने यी वस्तुहरु मात्र स्वदेशी उत्पादनले प्रतिस्थापन गर्न सक्यौं भने त्यो पनि हाम्रो लागि विशेष महत्वपूर्ण कार्य हुनेछ । साथै कृषि छोटो अवधिमा (२ महिना देखि १ बर्ष भित्र) नै प्रतिफल लिन सकिने क्षेत्र समेत हो । यसमा कम लगानीमा नै प्रवेश गर्न सकिन्छ । 
अन्त्यमा,
हामी सबैले जो जहाँ छौं त्यहीँबाट नेपाल देश मेरो हो भन्ने आत्मबोध गर्दै काममा जुट्नु जरुरी छ । मैले नै यस देशलाई विकास गतिमा माथि उठाउनुपर्छ भन्ने मान्यता राखेर काम अघी बढायौं भने मात्र हाम्रो अवस्था कोरोना सङ्कट पश्चात् पुःन राम्रो बन्न सक्छ । यसको लागि आपसमा दोषारोपण गर्ने प्रचलन बन्द गरौं । सरकारले समेत जनता र विपक्षीका चाहनाहरु बुझेर अभिभावकीय भूमिका निर्वाह गरोस् । साथै यस कोरोनाले हामीलाई नयाँ दिशा तय गरेर अघी बढ्न नयाँ पाठ सिकाउनेछ भन्ने पनि मलाई लाग्छ । यस संकट सँगै धेरै मानिसहरुको लाइभस्टाइलमा परिवर्तन आउने मैले देखेको छु । यसको साथै आर्थिक, सामाजिक, राजनैतिक लगायत हरेक क्षेत्रमा केही परिवर्तन यस सङ्कट पश्चात् अवश्य पनि देखा पर्नेछन् । जुन समयक्रमको आवश्यकता समेत हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij