वीरगञ्ज – नारायणी अस्पताल वीरगञ्जमा किट अभावका कारण तीन दिनदेखि कोरोना भाइरसको परीक्षण रोकिएको छ ।
अस्पतालमा किट अभाव भएको तथा स्वास्थ्य मन्त्रालयले पठाएको किट काम नलाग्ने भएपछि तीन दिनदेखि परीक्षण रोकिएको हाे ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार ल्याब संचालनमा आएदेखि आठ कम्पनीका पीसीआर किट स्वास्थ्य मन्त्रालयले पठाएको थियो । ती सबै किटहरु भने पीसीआर मेशिनमा काम लाग्ने भएपछि प्रयोग गरिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij