२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कस्ता रोगहरुको लागि होमियोप्याथीक उपचार प्रभावकारी हुन्छ त ?

कस्ता रोगहरुको लागि होमियोप्याथीक उपचार प्रभावकारी हुन्छ त ?

डा. खगेन्द्र कटुवाल, होमियो चिकित्सक

यदि होमियोप्याथिक औषधीको ईन्डिकेसन हुन्छ भने, प्रायः सवै अवस्थामा होमियोप्याथी चिकित्सा उपयुक्त हुन्छ । चाहे नयाँ रोग होस् वा पुरानो रोग, सयौं रोगहरुमा यो उपचार प्रभावकारी मानिन्छ । यस विधिबाट उपचार गर्दा सुगर, थाईराईड, प्रेसर वा यस्तै प्याथोलोजी कति घट्यो वा बढ्यो ? भन्ने मात्र हेरिँदैन । बरु प्याथोलाजीकल फाईन्डिङको साथसाथै उक्त विरामीको विस्तृत रुपमा शारीरिक बनावट, संवेगात्मक स्वास्थ्य अवस्था, प्रवृत्ति, जीवनशैली, वंशाणुगत दोषहरु मनोवैज्ञानिक स्थिति समेतलाई समान महत्व दिएर विरामीको अध्ययन गर्ने गरिन्छ । जसबाट प्राप्त लक्षण र चिन्हहरुको टोटालीटीको आधारमा विरामीको प्रकृतिसँग सबैभन्दा नजिकको मिल्दो कुनै एक औषधी सेवन गराई विभिन्न प्रकारका विरामीहरुको उपचार गरिन्छ ।

होमियोप्याथिक चिकित्सामा रोगको नाममा औषधी बनाईएको हुँदैन । र रोगको नाममा उपचार पनि गरिँदैन । किनकि एक रोगसँग अर्को रोगको बीचमा अन्तरसम्वन्ध रहेको हुन्छ । र कुनै एक रोगको लागि खाएको औषधी पूरै शरीरमा प्रवाह हुन्छ र साईड ईफेक्ट समेत हुन्छ । त्यसैले, रोगीमा भएका विस्तृत रोगहरुको समुहलाई एकैपटक उपचार गरिने यो चिकित्सा होलिस्टिक अवधारणामा आधारित छ । होमियोप्याथिबाट गरिने उपचारले रोग बारम्वार बल्झिरहने प्रवृत्तिलाई समेत हटाई दिन्छ । रोगको अन्तिम अवस्थामा पुगेको विरामीको लागि केहि दिन वा केहि महिना सम्म मात्र बचाउन सकिने उपचार अर्थात् Pallitive Treatment गरिन्छ भने, निको हुने गरी मात्रै विग्रिएको रोगको अवस्थामा भने साँच्चिकै निको पार्न सकिने Curative Treatment गरिन्छ । होमियोप्याथी विधिबाट उपचार गरिने रोगहरुको नामाकरण जति गरेपनि कमि नै हुन्छ । यो वा त्यो रोगको होईन, सम्पूर्ण प्रकारका रोगीहरुको उपचार होमियोप्याथिबाट सम्भव छ ।

तथापि केहि रोगहरुको नाम यहाँ निम्न बमोजिम प्रस्तुत गर्न सकिन्छः

नाक, कान घाँटी सम्बन्धी समस्याहरु जस्तैः कान पाक्ने, पिनास, घाँटी दुख्ने, टन्सिलाईटिस, ब्रोंकाईटिस, दम, चिसो लागिरहने, हाछ्युँ आईरहने जस्ता अनेक रागीहरुको यस विधिबाट उपचार गर्न सकिन्छ ।
पाचन प्रणालीसँग सम्बन्धित समस्याहरु जस्तैः ग्यास्ट्रिाईटिस, अम्लपित्त, छाती पोल्ने, पेट भारी हुने, फुलिने, अपच हुने, ड्युडेनल अल्सर, पखाला, कब्जियत, उल्टि आउन खोज्ने, वान्ता आउने, पाचनप्रणालीमा घाउहरु आउने ईत्यादी ।

रक्तसंचार प्रणालीसँग जोडिएका रोगहरु जस्तैः उच्च रक्तचाप, न्युन रक्तचाप, भेरिकोस भेन, आर्टरी सम्बन्धि रोगहरु, भेन सम्वन्धि रोगहरु ईत्यादि ।
हाडजोर्नी, नसा, बाथ, प्यारालाईसिस, घाँटी दुख्ने, कुम दुख्ने, कुहिनो दुख्ने, नाडी दुख्ने, ढाड दुख्ने, नसा च्यापिएको, घुडा दुख्ने, गोली गाँठा दुख्ने, मर्केको, सर्केको, ठोक्किएको, ट्रमा, लडेको, थिचिएको, हाड भाँचिएको, हाडजोर्नी, मांशपेसी सम्वन्धिका विविध समस्याहरु ईत्यादि । प्रोस्टेट बढेको, पिसाब संक्रमण सम्बन्धि बारम्वार बल्झिरहने समस्याहरु,

महिला सम्बन्धि समस्याहरु जस्तै- महिनावारी, आङ् खस्ने, दुख्ने, चिलाउने, बाँझोपन ईत्यादि ।

छाला सम्वन्धि समस्याहरु जस्तैः  दाद, डण्डीफोर, दुबी, पोतो, घाउहरु बारम्वार आईरहने, जनै खटिरा, सोराईसिस, खील, मुसा ईत्यादि ।

नसा सम्बन्धि समस्याहरु| जस्तै ः टाउको दुख्ने, माईग्रेन, आँखाको समस्याहरु, कपाल झर्ने, चाया ईत्यादि ।

मनोवैज्ञानिक समस्याहरु जस्तैः रिस उठिरहने, डिप्रेसन, स्ट्रेस, मानसिक थकान,

बच्चा सम्वन्धि मनोवैज्ञानिक समस्याहरु,
बच्चाकोे दाँत सम्बन्धि विविध समस्याहरु,

निन्द्राको समस्याहरु, संज्ञानात्मक समस्याहरु, ईन्डोक्राईन सम्वन्धि समस्याहरु, मोटोपन, थाईराईड सम्बन्धि समस्याहरु, ईम्योन डिफेन्सेस सम्वन्धि समस्याहरु ईत्यादि ।

एक अध्ययनबाट प्राप्त तथ्याङ्क अनुसार यो वा त्यो रोग होईन, सम्पुर्ण प्राकृतिक रोगहरुको उपचार हुन्छ । होमियोप्याथिकबाट उपचार हुने रोगहरुलाइ संक्षिप्तमा यसरी उल्लेख गर्न सकिन्छ ।

१) पेट सम्बन्धी, २) नसा सम्बन्धी, ३) छाला सम्बन्धी ४) टाउको सम्बन्धी, ५) महिला÷पुरुष सम्बन्धी, ६) मानसिक सम्बन्धी ७) फोक्सो सम्बन्धी ८) पिसाव सम्बन्धी, ९) नाक, कान घाँटी, १०) आँखा सम्बन्धी, ११) दाँत सम्बन्धी १२) बच्चा सम्बन्धी, १३) मुटु÷छाती सम्बन्धी, १४) हाडजोर्नी सम्बन्धी, १५) दीर्घ रोगहरु

डा. कटुवाल जनभावना होमियोप्याथिक एण्ड होलिस्टिक हस्पिटलमा आवद्ध हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij