
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा बाह्रौ स्थानमा रहेकाे छ ।आजकाे दिन हजुर भाडाको घरमा बस्नु हुन्छ भने घर्वेटी संगकेहि मतभेद हुनेछ। आजको दिन परिवार र सन्तान संग राम्ररी दिन बित्नेछ।आजकोदिन आत्मविश्वासमा कमि हुनेछ। बोलिमा सम्यम अपनाउनु होला ।आज आयमा ह्राश आउनेछ। व्यापारमा हानि हुनेछ।आजको दिन लगानी गर्नको लागि राम्रो रहेको छ।तर सोचे सम्झेर मात्र गर्नु होला। विद्यार्थीको लागि आजको दिन ठिकै छ।स्वास्थ्यको कुरा गर्दा सामान्य नै रहने छ।खानपिनमा बिशेष ख्याल राख्नु होला राम्रो हुनेछ ।दाम्पत्य जीवन सुखमय हुनेछ। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ। शुभ वार मंगलवार रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला। हजुरकाे दिन शुभ हाेस् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा प्रथम स्थानमा रहेको छ। आजको दिन कुनै नजिकैको साथी र प्रेमीजनको सहयोग मिल्नेछ। आजको दिन बेरोजगार लाई रोजगार मिल्ने सम्भावना धेरै छ।आजको दिन आत्मविश्वासमा वृद्धि हुनेछ। आज समाजमा प्रतिष्ठा मिल्नेछ। बिद्यार्थीको लागि आजकाे दिन राम्रो रहने छ।माता सरस्वतीको स्मरण गर्नुहोस् अवस्य सफलता मिल्नेछ।व्यापारमा लाभ हुनेछ। स्वास्थको कुरा गर्दा राम्रो रहनेछ।शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ । आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन दोस्रो स्थानमा चन्द्रमा रहेको छ। आजको दिन हजुरको मन आत्मबिश्वासले भरपूर रहनेछ। आज हजुरको बोलिमा संयम राख्नु होला।आज साना तिना समस्या आउनेछन। आज मानसम्मान मिल्नेछ। आज व्यापारमा लाभ हुनेछ। बिद्यार्थीकाे लागि आज ठिकै छ। स्वास्थ्य स्थिति ठिकै छ।आज अचानक धन लाभको योग बनेको छ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ । हजुरकाे दिन शुभ हाेस् ।आफनाे अनि परिवारकाे ख्याल राख्नुहाेला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा तेस्रो स्थानमा रहेको छ। आज भाइबहिनीको सहयोग मिल्नेछ। आज सहयोगी हात बढाउनु होला राम्रो हुनेछ। मानसम्मानमा वृद्धि हुनेछ।आज ब्यक्तित्वमा निखार आउने छ। व्यापारमा राम्रो हुनेछ। विद्यार्थी काे लागि राम्रो छ। सामाजिक सञ्जालमा कम समय मात्र बिताउनु होला।रिसमा नियन्त्रण राख्नुहोला।स्वास्थ्य ठिकै छ।वैवाहिक जीवन राम्रो रहनेछ। शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन चौथो स्थानमा चन्द्रमा रहेकाे छ।आजको दिन कसैलाई पनि आफ्नो कामको बोझ नदिनु होला।आज आफुभन्दा ठुलाको आशिर्वाद प्राप्त हुनेछ।आज मन र आत्मविश्वासले गर्दा धेरै काम सफल हुनेछन्।आज मधुर बाणिको प्रभावले काम सफल हुनेछ।स्वास्थ्य राम्रो रहेको छ। व्यापारमा लाभ हुनेछ।बिद्यार्थीको लागि आज ठिकै छ। हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन पाचौं स्थानमा चन्द्रमा रहेको छ।आजको दिन सामान्य रहनेछ।आज नोकरी परिवर्तनको मन लाग्नेछ।दैनिकी राम्ररी चल्नेछ।आज व्यापार राम्रो हुनेछ। बिद्यार्थीकाे लागि आजको दिन ठिकै छ।शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज छैटौं स्थानमा चन्द्रमा रहेको छ।आजको दिन कार्य बोझले तनाव उत्त्पन्न हुनेछ।आज बोलिको प्रभावले काम सफल हुनेछन्। आज पारिवारिक सम्बन्ध राम्रो छ। बिद्यार्थीकाे लागि राम्रो दिन छ।व्यापारमा वृद्धि हुनेछ।शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा सातौं स्थानमा रहेको छ।आजको दिन पारिवारिक सम्बन्ध राम्रो हुनेछ। आज आयमा वृद्धि हुनेछ।आज व्यापारमा राम्रो हुनेछ । बिद्यार्थीकाे लागि राम्रो रहेको छ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा आठौं स्थानमा रहेकाेछ।आजको दिन साथी र सहकर्मी संग सम्बन्ध बिग्रन सक्छ।सावधानी पुर्वक काम गर्नुहोला।आज दिनभर ब्यस्त होइनेछ। सन्तानको सुख पनि मिल्नेछ। आज काम बन्नेछन्।आत्मविश्वासमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि ठिकै छ। व्यापारमा ठिकै हुनेछ।आज खर्चमा वृद्धि हुनेछ। शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा नवौ स्थानमा रहेको छ ।मान प्रतिष्ठा प्राप्त हुनेछ।आज मानसिक शान्ति मिल्नेछ ।भावि योजना बन्नेछन् ।पारिवारिक सम्बन्धमा सुधार आउने छ।आत्मविश्वासमा वृद्धि हुनेछ।बिद्यार्थीकाे लागि राम्रो छ।व्यापारमा लाभ हुनेछ व्यापार बृद्धिको लागि सहयोग मिल्नेछ।स्वास्थ्य राम्रो रहनेछ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन दसौं स्थानमा चन्द्रमा रहेका छन्। आज पारिवारिक सम्बन्ध राम्रो हुनेछ।आज मानसिक स्वास्थ्य पनि सबल रहनेछ। आज भाग्यले साथ दिनेछ। बिद्यार्थीकाे लागि आजकाे दिन ठिकै छ।पढाइ भन्दा अन्यत्र मन ज्यादा जानेछ ।व्यापार राम्रो हुनेछ।स्वास्थ्य स्थिति राम्रो रहनेछ।आज खर्चमा केही वृद्धि हुनेछ। सहकर्मी बाट असहयोग को बाताबरण मिल्नेछ ख्याल गर्नु होला।शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा एघारौं स्थानमा रहेका छन्। आजको दिन बोल्ने र काम गर्ने क्षेमताले व्यापारमा वृद्धि हुनेछ।आज उधारो ब्यबहार नगर्नु होला । परिवार र सहकर्मीको सहयोग मिल्नेछ । मानसम्मानमा वृद्धि हुनेछ।बिद्यार्थीको लागि राम्रो रहेको छ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनु हाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
माथि जे-जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल, सुदृढ र सद्मार्गि बनाेस् ।
https://www.facebook.com/SadhmargaAstrologyNepal/
सद्मार्ग र सदाचार जीवन जीउने आधार
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij