२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

विष्णुमति लिंकरोड क्रसिङ ब्रिजको सांसद श्रेष्ठबाट शिलान्याश

विष्णुमति लिंकरोड क्रसिङ ब्रिजको सांसद श्रेष्ठबाट शिलान्याश

काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत काठमाडौं महानगरपालिका वडा नं-१५ स्थित झोलुङ्गे पुलको करिडोरमा प्रतिनिधिसभा सदस्य माननीय जीवनराम श्रेष्ठबाट शिलान्यास सम्पन्न भएकाे छ ।

बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत आ.व २०७६/७७ बाट रु.५१,५२,३९४.२७/- रकम विनियाेजन भएकाे छ भने उपभोक्ताहरु मार्फत रु.२,५७,६१९.७१/- योगदान भएको छ।

यस बृजको कुल लागत इष्टिमेट ८०१०८०२ भएकोमा यो आ व २०७६/७७ मा बिनियोजित रकममा नपुग रकम क्रमागत योजनामा आव २०७७ /७८ को बजेटबाट बिनियोजन गरी पूरा गरिनेछ।

माननीय जीवनराम श्रेष्ठले काठमाडौंमा पैडल यात्रुमैत्री सडक र सहर विकासको आवश्यकता महसुस गर्दै अत्यधिक संख्यामा पैडल यात्रुको चाप भएकाे र समय-समयमा दुर्घटना भईरहेको कारण साे बृज निर्माणको योजना समावेश गरिएको बताउनुभयो।

यस बृजले कामपा १५ र १९ का स्थानीय बासिन्दा र स्कुलका विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुने बिश्वास लिइएकाे छ ।

ब्रिज शिलान्याश कार्यक्रममा कामपा-१५ का वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगाेल, वडा सदस्यहरु आनन्दराम गौतम, मैयाँ लक्ष्मी महर्जन, कामपा शहरी योजना आयोगका सदस्य मनराजा रंजित, बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजका उपभोक्ता समितिका अध्यक्ष अमृतरत्न डंगाेल, सचिब राकेशमान कर्माचार्य, कोषाध्यक्ष रीता स्थापित तुलाधर तथा पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij