
काठमाण्डौं । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको गति अझै रोकिएको छैन । गत डिसेम्बरमा चीनको वुहानमा देखा परेको यो भाईरसले ६ महिना भन्दा बढीको अवधिमा ७९ लाख ८२ हजार बढीलाई संक्रमण गरीसकेको छ भने ४ लाख ३५ हजार बढीको मृत्यु भईसकेको छ ।यस्तै निको हुनेको संख्या ४१ लाख नाघेको छ ।
विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख १७ हजार ८ सय ५३ जना पुगेको छ । त्यहाँ संक्रमित २१ लाख ६१ हजार नाघेको छ ।
यसै गरी ब्राजिलमा मृतकको संख्या ४३ हजार ३ सय ८९ जना पुगेको भने संक्रमित ८ लाख ६७ हजार ८ सय ८२ पुगेको छ ।
यसै गरी रुसमा ५ लाख २८ हजार ९ सय ६४ संक्रमित छन् भने ६ हजार ९ सय ४८ जनाको मृत्यु भएको छ ।
भारतमा ३ लाख ३३ हजार ८ जना संक्रमित छन् भने ९ हजार ५ सय २० जनाको मृत्यु भएको छ । बेलायतमा ४१ हजार ६ सय ९८ जनाको मृत्यु भएको छ भने २ लाख ९५ हजार ८ सय ८९ जना संक्रमित छन् ।
स्पेनमा कुल २ लाख ९१ हजार ८ संक्रमित छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो समय कुनै मृत्यु भएको छैन । ईटालीमा ३४ हजार ३ सय ४५ जनाको मृत्यु भएको छ भने २ लाख ३६ हजार ९ सय ८९ जना जना संक्रमित छन् ।
पेरुमा २ लाख २९ हजार ७ सय ३६ जना संक्रमित छन भने ६ हजार ६ सय ८८ जनाको मृत्यु भएको छ ।
जर्मनीमा एक लाख ८७ हजार ६ सय ७१ जना संक्रमित छन् भने ८ हजार ८ सय ७० जनाको मृत्यु भएको छ ।
ईरानमा १ लाख ८७ हजार ४ सय २७ जना संक्रमित भएका छन् भने भने ८ हजार ८ सय ३७ जनाको मृत्यु भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij