२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

ब्राजिलमा ४१ हजारकाे नजिक पुग्याे काेराेनाबाट मृत्यु हुनेकाे सङ्ख्या

ब्राजिलमा ४१ हजारकाे नजिक पुग्याे काेराेनाबाट मृत्यु हुनेकाे सङ्ख्या

ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० हजार ९ सय २० पुगेको छ । ब्राजिलको नेशनल काउन्सिल अफ हेल्थको तथ्यांक अनुसार देशमा कोरोना संक्रमितको संख्या ८ लाख २ हजार भन्दा धेरै रहेको छ ।

बितेको चौबिस घण्टामा मात्रै ब्राजिलमा कोरोना संक्रमणका कारण १२४० भन्दा धेरैको मृत्यु भएको छ भने ३० हजार ४ सय भन्दा धेरै संक्रमित फेला परेका छन् ।

ब्राजिलमा सबैभन्दा धेरै मृत्यु साओ पाओलोमा भएको छ, जहाँ अहिलेसम्म १०१४५ मानिसको मृत्यु भएको छ । यसका सथै रियो दि जेनेरियोमा अहिलेसम्म ७ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ ।

ब्राजिको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ३ लाख ४५ हजार संक्रमित निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij