२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

ज्येष्ठ २७ गते मंगलबारको राशिफल

ज्येष्ठ २७ गते मंगलबारको राशिफल


?मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अाज चन्द्रमा चौथो स्थानमा रहेकाे छ ।अाजकाे दिन अाफ्नो घर तथा कार्य स्थलमा राम्रो बाताबरण हुनेछ।अाज अामाको स्वास्थ्यको विशेष ख्याल राख्नुहोला।अाज मित्र तथा परिवारका साथमा रमाइलो यात्राको योग छ। ब्यपारमा लाभ हुनेछ ।बिद्यार्थीकाे लागि राम्रो छ । शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ ।शुभ वार मंगलवार रहने छ।अाफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला ।हजुरकाे दिन शुभ हाेस ।
?वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अाजकाे दिन चन्द्रमा पाँचौं स्थानमा रहेको छ।आज मन खुसी रहनेछ। अाजको दिन समग्रमा राम्रो छ।अाज दैनिकी राम्ररी चल्नेछ। अाज उत्साहमा कमी अाउन नदिनु होला र अालस्य बाट टाढै रहनु होला।अाज ब्यपारमा वृद्धि हुनेछ ।बिद्यार्थीका लागि अाजकाे दिन ठिकै रहेकाे छ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ । अाफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।
?मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अाजकाे दिन छैठौं स्थानमा चन्द्रमा रहेको छ। आज हजुरको उदार स्वभावको गलत फाइदा उठाउने छन् ख्याल गर्नुहोला । अाज खर्चमा वृद्धि हुनेछ।ब्यपारमा ठिकै हुनेछ । र्बिद्यार्थीकाे लागि मिहिनेतकोफल मिल्नेछ।स्वास्थ स्थिति राम्रो छ ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।हजुरकाे दिन शुभ हाेस ।अाफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।
?कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अाज चन्द्रमा सातौं स्थानमा रहेको छ। आजको दिन मानसम्मानमा वृद्धि हुनेछ।अाज धैर्यकोसाथ काम लिनु होला।विद्यार्थी काे लागि अात्मविश्वासमा बृद्धि हुनेछ। कार्यक्षेत्रमा स्थितिमा केही सुधार अाउने छ।शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।अाफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।
?सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अाज दिन अाठौं स्थानमा चन्द्रमा रहेकाे छ।अाजको दिन बेकारको काममा समय र उर्जा खर्च हुनेछ ख्याल गर्नु होला।अाज बिशेष ध्यान दिएमा यश र कृति पनि प्राप्ति हुनेछ।अाज बिग्रेको काम बन्ने दिन हो। अात्मबिश्वासमा केही कमि अाउनेछ। बिद्यार्थीकाे लागि ठिकै छ । स्वास्थ्य राम्रो रहेको छ।हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।अाज सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस ।
?कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अाज नवौं स्थानमा चन्द्रमा रहेको छ ।अाज यात्रा मनोरञ्जन र ब्यक्ति विशेषसंग भेटघाट र यात्राको योग छ।अाज भाग्यले साथ दिनेछ।अाज ब्यपारमा ठिकै हुनेछ। बिद्यार्थीकाेलागि अाजको दिन राम्रो छ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।अाफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।
‍⚖️तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अाज दशौं स्थानमा चन्द्रमा रहेको छ। अाजको दिन मनमा उमङ्गले भरिपुर्ण तथा केही भावुक पनि रहनेछ।अाज ब्यपारिक यात्रा हुनेछ।अाज अात्मबिश्वासको वृद्धिले हुनेछ । ।बिद्यार्थीकाे लागि मध्यम दिन छ ।अाज यात्राको योग छ। शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
?वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अाज चन्द्रमा एघारौं स्थानमा रहेको छ ।अाजको दिन चिन्ता केहीकम हुनेछ सृजनाशक्ति र कल्पनामा वृद्धि हुनेछ।अाज ब्यपारमा वृद्धि हुनेछ। साहित्य लेख्न र कला क्षेत्रका लागि फाइदा हुनेछ। ।बिद्यार्थीकाे लागि राम्रो छ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।अाजकाे दिन शुभ हाेस ।अाफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
?धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
अाज चन्द्रमा बाह्रौं स्थानमा रहेकाेछ।अाजक‍ो दिन मानसिक तनाब र झन्झट बढ्नेछ । अाज सामाजिक कार्यमा सफलता हुनेछ । बिद्यार्थीकाे लागि राम्रो छ। ब्यपारमा ठिकै हुनेछ।शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। अाजकाे दिन शुभ हाेस ।
?मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अाजकाे दिन चन्द्रमा प्रथम स्थानमा रहेको छ।अाजको दिन कहीबाट शुभ समाचार मिल्नेछ। अाज परिवार र साथीहरूको सहयोग मिल्नेछ बिद्यार्थीकाे लागि राम्रो छ। शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।अाफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।
?कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अाजकाे दिन द्वितीय स्थानमा चन्द्रमा रहेका छन् । अाजकाे दिन मुद्दा मामिला बाट टाढै रहनुहोला।अाज इच्छा पुर्ति हुनेछ।वाणी र ब्यबहारमा संयम राख्नु होला।बिद्यार्थीकाे लागि अाजकाे दिन ठिकै छ।शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । अाफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।अाजकाे दिन शुभ हाेस ।
?मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
अाजकाे दिन चन्द्रमा तृतीय स्थानमा रहेका छन्।आजको दिन काम बनाउने दिन हो। मानसम्मानमा वृद्धि हुनेछ।पढाइ राम्रो हुनेछ। स्वास्थ्यमा सुघार अाउने छ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनु हाेला ।अाफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे अाजकाे दिन जीवनकाे हरेक पक्ष अनि अायामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी ) भावना अाउन ।जय शम्भु ।।
https://www.facebook.com/SadhmargaAstrologyNepal/

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij