२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

वीरगञ्जको नारायणी अस्पतालमा आजदेखि डायलासिस सेवा सुचारु

वीरगञ्जको नारायणी अस्पतालमा आजदेखि डायलासिस सेवा सुचारु

वीरगञ्ज – वीरगञ्जमा रहेको नारायणी अस्पतालमा आइतबारदेखि डायलासिस सेवा सुचारु भएको छ।

अस्पतालमा अवरुद्ध रहेको किड्नी डायलासिस सेवा आइतबारदेखि सुचारु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए ।

नारायणी अस्पताललाई सरकारले कोभिड–१९ विशेष अस्पताल घोषणा गरेपछि गत वैशाख २ गतेदेखि अवरुद्ध रहँदै आएको डायलासिस सेवा सुचारु भएको डाक्टर उपाध्यायले बताए ।

उनले अस्पतालको आकश्मिक कक्षाबाट यसअघि देखि नै सर्पदंश तथा ज्वरो क्लिनिकको सेवा निरन्तर जारी नै रहेको बताए।

अस्पतालको सधारण सेवा सञ्चालनको लागि आवशयक सरसफाई तथा निर्मलीकरण गर्ने कार्य तीव्र रुपमा भइरहेको उपाध्यायको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij