
एजेन्सी । अमेरीकामा एक काला नागरिक जर्ज फ्लेईडलाई बर्बरतापूर्ण तरीकाले प्रहरीले हत्या गरेको बिरोधमा शुरु भएको प्रदर्शनले अमेरीकाभरी उग्र रुप लिन थालेको छ । ब्यापक मात्रामा प्रहरीको गाडी, सार्वजनिक संरचनाहरुमा आगजानी, तोडफोड तीव्र बन्दै गए पछि प्रहरीले पनि गोली चलाउन थालेको छ ।
मिनेपोलिस राज्यमा जर्जलाई प्रहरीले हिरासतबाट बाहिर निकालेर घाटीमा घुडाले थिचेर हत्या गरेको भिडियो सार्वजनिक हुनासाथ प्रदर्शन शुरु भएको थियो ।
अहिले मिनेपोलिस राज्यमा हजारौँ राष्ट्रिय सुरक्षागार्ड तैनाथ गरिए र कफ्र्यु घोषणा गर्दा समेत आन्दोलन रोकिएको छैन । आन्दोलन अमेरीकाका अन्य दर्जनौ राज्य हुँदै राष्ट्रपति कार्यलय अगाडी समेत प्रदर्शन भएको छ ।
प्रहरीले अश्रुग्यास, पानीको फोहरा चलाए पनि प्रदर्शनकारी पछि हटेका छैनन् । डिट्रोईटमा एक जना आन्दोलनकारीको प्रहरकिो गोलीबाट मृत्यु भएको छ भने देशभरबाट संयौ प्रदर्शनकारी पक्राउ गरिएको सिएनएनले जनाएको छ ।
राष्ट्रपति कार्यलय बाहिर समेत प्रदर्शन चर्किए पछि राष्ट्रपति कार्यलयको ढोका बन्द गरिएको थियो । खबर अनुसार राष्ट्रपति ट्रम्पले कार्यलयभित्रैबाट प्रदर्शन नियालेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij