काठमाडौं । बारामा थप एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । पण्डितले भने, ‘उनको जेठ ७ गते यहीँ परीक्षण गरिएको थियो । तर संक्रमितको सूचीमा उनी सर्लाहीको देखिन गएको रहेछ ।’
यससँगै बारामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । जसमध्ये दुई जना शनिबार डिस्चार्ज भएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij