२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

ग्यासकाे व्यवस्थित काराेवार र यसका चुनाैतीहरू

ग्यासकाे व्यवस्थित काराेवार र यसका चुनाैतीहरू

विष्णु प्रसाद दुलाल, महासचिव, ग्यास विक्रेता महासंघ नेपाल

अहिले कोरोना भाइरसको कारणले गर्दा नेपालका अधिकांश व्यवसाय ठप्प छन् । सबैजसो व्यवसायको अवस्था एकदमै दयनीय छ । यस्तो अवस्थामा अत्यावश्यक वस्तु अन्तरगत पर्ने ग्यास व्यवसायमा संलग्न व्यवसायीहरू पनि निकै कष्टकाे वावजुद व्यवसाय मार्फत सेवा प्रवाहमा खटिइरहेका छाैं ।

मुलुककाे यस्तो विषम परिस्थितिमा पनि हामी देशभरि छरिएर बसेका ग्यास बिक्रेताहरु भने आफ्नो परिवारका लालाबाला केटाकेटी, श्रीमती, एवं आमाबुबाको माया र स्नेहबाट अलग्गिएर आफ्ना ग्राहकहरुलाई सेवा दिने काममा जुटिरहेका छौं । हुनतः नेपाल सरकारले यस अवस्थालाई सजिलो तरिकाले लिन नहुने भन्ने विशेष सतर्क रहन आग्रह गर्दै आएको छ । तर पनि हामी ग्यास व्यवसायीहरूले भने सक्दो सुरक्षा विधिहरू अबलम्बन गर्दै मास्क, सेनिटाइजर र पञ्जा लगाएर सेवा प्रवाह गरिरहेका छौं । सामाजिक दूरी कायम गरेर व्यवसाय मार्फत सेवा प्रवाह गरिरहेका छौं ।

सबै पक्षकाे महत्वपूर्ण सहयाेग

ग्यास वितरण कार्यमा नेपाल आयल निगम, ग्यास उद्योगहरु र हामी ग्यास बिक्रेताहरु जसरी आ-आफ्नो ठाउँबाट खटेर काम गरिरहेका छौं, त्यो खटाइ निकै उपलब्धिमूलक समेत बन्न पुगेको छ । अर्थात यस्तो विषम अवस्थामा पनि ग्यासको अभाव हुन पाएको छैन । यस्तो कठिन स्थितिमा आफ्नो ज्यानको माया गरेर जसरी उद्योगी, व्यवसायी र कर्मचारी साथीहरूले काम गर्नुभएको छ, त्यसमा हामीलाइ गर्व छ । ग्यास पेशासँग सम्बन्धित सबै व्यक्तिहरूलाइ हामी यस ग्यास बिक्रेता महासंघ नेपालको तर्फबाट धन्यवाद टक्रयाउँछौं ।

 

अहिले बजारमा ग्यासको अभाव छैन । साथै आउँदा दिनमा बजारमा ग्यास अभाव हुने अवस्था देखिँदैन । ग्यासलाइ सुचारू गर्नको लागि यससँग सम्बन्धित सबै निकायहरूले जसरी आ(आफ्नो ठाउँबाट काम गरिरहनुभएको छ, यसलाइ विचार गर्दा ग्यास अभाव हुने अवस्था नरहेकोले उपभोक्ताले ढुक्कसँग ग्यास प्रयोग गर्न सक्नुहुन्छ ।

 

ग्यास प्रयोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम
ग्यास बिक्रेता महासङ्घ नेपालको आयोजनामा हामीले हाम्रा उपभोक्ताहरुलाई कसरी सुरक्षित रूपमा ग्यास प्रयोग गर्ने, कुनै बेला अचानक ग्यास लिक भयो भने कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा केही पहिले पाल्पाको पाल्पा ग्यास विक्रेता सङ्घको आयोजनामा हामी महासंघ अन्तरगत प्रतिनिधिमुलक पात्रहरू गएर आधारभूत तालिम दिइसकेका छौं ।

यसैगरी हामीले काठमाडौंको माछापोखरी, चावहिल, जोरपाटी लगायत थुप्रै ठाउँहरुमा समेत आफ्नै खर्चमा यस्ता जनचेतनामूलक प्रशिक्षणहरू सञ्चालन गरिसकेका छौं । आउँदा दिनमा पनि यस्ता कार्यक्रम थप प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरेका छौं । यसको लागि हामी बिक्रेताहरुले यो कुरा नेपाल आयल निगम र एलपीजी उद्योग संघ लगायतका संस्थाहरूमा समेत राखिसकेका छौँ । सोहीबमोजिम यस्ता कार्यक्रम सञ्चालनको लागि बजेट छुट्याउनुपर्नेमा समेत हामीले पहल गरेका छौं ।

ग्यास अभाव हुने अवस्था छैन
अहिले बजारमा ग्यासको अभाव छैन । साथै आउँदा दिनमा बजारमा ग्यास अभाव हुने अवस्था देखिँदैन । ग्यासलाइ सुचारू गर्नको लागि यससँग सम्बन्धित सबै निकायहरूले जसरी आ(आफ्नो ठाउँबाट काम गरिरहनुभएको छ, यसलाइ विचार गर्दा ग्यास अभाव हुने अवस्था नरहेकोले उपभोक्ताले ढुक्कसँग ग्यास प्रयोग गर्न सक्नुहुन्छ ।

ग्यास डिलर प्रमाणीकरणकाे अावश्यकता
ग्यास डिलर प्रमाणीकरणको विषय हामी ग्यास व्यवसायीहरूले लामो समय देखि उठाउँदै आएको विषय हो । जुन ग्यास कारोवारलाइ व्यवस्थित बनाउने उद्देश्यले उठान गरिएको हो ।

यस व्यवसायमा संलग्न व्यवसायीले उपभोक्ताको हितलाइ विशेष ध्यान दिँदै मापदण्डमा रहेर काम गर्नको लागि उठाइएको विषय हो । हाम्रो भनाइ छ कि डिलर प्रमाणीकरण गरेर व्यवस्थित तरिकाले ग्यास कारोबार गर्न सकिन्छ । अर्थात आउन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणमा यसले ठूलो सहयोग गर्न सक्छ ।

कसरी हुन सक्छ ग्यासको व्यवस्थित कारोबार रु
ग्यास कारोबारलाइ व्यवस्थित गर्ने भनिरहँदा कसरी यो क्षेत्र व्यवस्थित हुन सक्छ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण विषय बन्ला । यसको लागि व्यवसायीले मापदण्डमा रहेर इमान्दारितापूर्वक काम गर्नु जरूरी रहन्छ । जसअन्तरगत ग्यास डिलरमा ग्यास बाहेक अन्य सामानहरू राख्नुहुँदैन । डिलरमा साइनबोर्ड अनि अनि मूल्यसूची अनिवार्य राखिनुपर्छ । राज्यले बनाएका नियमकानुनमा बसेर काम गरे मात्र यो व्यवसाय व्यवस्थित हुन्छ भन्ने हाम्रो धारणा हो ।

फायर फाइटिङ, ढकतराजु ग्यास डिलरमा अनिवार्य रूपमा रहनुपर्छ । यी र यस्ता विषयलाई लिएर हामीले लामो समयदेखि नै राज्यका ढक्ढक्याइरहेका छौं । साथै विभिन्न निकायहरूमा छलफल समेत गरिरहेका छौं र आउँदा दिनमा पनि बिक्रेता एवं उपभोक्तालाई पर्न सक्ने समस्याहरूलाइ व्यवस्थित तवरले समाधान गर्न हामी निरन्तर रूपमा लागि नै रहनेछौं ।

अन्त्यमा,
यो अप्ठ्यारो अवस्थामा पनि पनि आ-आफ्नो ठाउँबाट खटिएर जसरी व्यवसायी साथीहरू, नेपाल आयल निगम, उद्योगी एवं उद्योगमा काम गर्ने कर्मचारीर मजदुरहरूले काम गरिरहनुभएको छ, उहाँहरू सबैको सहयोग प्रति महासंघ कृतज्ञता प्रकट गर्दछ । यो क्षेत्रलाइ व्यवस्थित र सुदृढ बनाउने कार्यमा सबै आ(आफ्नो क्षेत्रबाट सक्रिय बन्नु जरूरी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij