आज २०७७ साल ज्येष्ठ ७ गते बुधबार तदअनुसार मे -२० २०२० । शाके संवत् १९४२ । प्रमादी (४७) नामकः संवत्सर । उतरायणं । ग्रीष्म ऋतु । नेपाल संवत् ११४० वछला थ्व ।
ज्येष्ठ कृष्ण पक्ष। तिथि -त्रयाेदशी (३६घ५०प) १९:५८बजे सम्म रहेकाे छ ।
तिथि देवता कामदेव : त्यसपछि ज्येष्ठकृष्ण चतुर्दशी देवता शिव :रहेका छन् ।नक्षत्र -अश्विनी (४४घ५३प)२३:१२बजे सम्म रहेको छ ।
नक्षत्र देवता दसाैं (अश्विनी कुमार) त्यसपछि भरणी देवता यम : रहने छन् । याेग- आयुष्मान :(२घ४१प) ६:१९बजे सम्म त्यसपछि साैभाग्य: रहेको छ ।
करण- गर( ४घ २७प) ०७:०१बजे सम्म त्यसपछि वणिग (३६घ५० प)१९:५८ बजे सम्म त्यसपछि विष्टि रहेको छ।
आनन्दादिमा मृत्यु याेग ।
श्री सूर्य बृषराशिमा र चन्द्रमा- मेष राशिमा रहेकाे छ ।
चन्द्रमाकाे वर्ण: दिशा वर्ण राताे दिशा पूर्व रहेकाे छ ।
काठमाडौंमा सुर्याेदय -५:१५बजे सुर्यास्त १८:४७बजे र दिनमान ३३ घडी ५१ पला रहेकाे छ ।
आज दिउँसो १२:०० देखि १:३०बजे सम्म राहुकाल रहेकाे छ।आज कालराहुकाे दिशा नैर्ऋत्य रहेकाे छ । आज वार शूल उत्तर:याेगिनी शुल दक्षिण दिशामा परेकाे छ ।
आजकाे लागि शुभ समय १:३० देखि ३:०० बजे सम्म रहने छ।
अमृत समय दिउँसो १०:३०बजे देखि ११:५५ बजे सम्म रहने छ ।
आजकाे लागि शुभ रङ्ग हरियो र राताे रहेकाे छ ।
आज जन्मेका बालबालिकाकाे राशि मेष रहने छ ।
आज रुद्री जुरेकाे छ । आज प्रदाेष व्रत रहेको छ । आज भद्रा (३६घ५०प) १९:५८ बजेपछि रहेको छ। आज भद्रा स्वर्गलाेकमा रहेकाे छ ।
कुन औंलाले टीका लगाए के-के फल मिल्छ ।
टीका लाउँदा साहिली औंलाले लगाए शान्ति मिल्छ ।
माहिली औंलाले लगाए आयु बढ्छ, बूढी औंलाले लगाए पुष्टि प्राप्त हुन्छ र चाेर औंलाले लगाए माेक्ष मिल्छ ।
जय शम्भु !!
https://www.facebook.com/SadhmargaAstrologyNepal/
ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij