२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेपालमा कोरोनाबाट मृत्यु भएकी पहिलाे महिलाको पशुपति आर्यघाटमा अन्तिम संस्कार

नेपालमा कोरोनाबाट मृत्यु भएकी पहिलाे महिलाको पशुपति आर्यघाटमा अन्तिम संस्कार

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको आज राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

 उनको विद्युतीय शवदाह गृहमा शव जलाइएको हो ।
धुलिखेल अस्पतालमा मृत्यु भएकी ती महिलाको शव एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो ।

मृतक महिला ८ दिनकी सुत्केरी हुन् ।

उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २४ गते शिशु जन्माएकी थिइन्  भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् ।

घर गएपछि उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि  स्थानीय अस्पतालमा भर्ना लगिएको थियो ।

तर त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा बाटैको उनको मृत्यु भएको  मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij