२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

दुग्धजन्य पदार्थ ढुवानीमा समयतालिका अव्यावहारिकः डेरी एसाेसिएसन

दुग्धजन्य पदार्थ ढुवानीमा समयतालिका अव्यावहारिकः डेरी एसाेसिएसन

नेपाल डेरी एसोसिएसनले कठिन अवस्थामा पनि आफ्नो सेवा सुचारु राख्दै आएकाे छ ।

अहिले नेपालमा कारोना भाइरस (कोभिड–१९)कार् कारण २०७६ चैत्र ११ गतेदेखि लकडाउन गरिएको छ ।

हालसम्म पनि लकडाउन कायम नै रहँदा समेत निर्वाध रुपमा सेवा सञ्चालन गर्ने मान्यता सहित निरन्तर सेवा प्रवाह गर्न किसान, उद्योगी, कामदार सबै खटिँदै आएका छन् ।

आफ्नो जीवनको कुनै प्रवाह नगरि उपभोक्ता माझ सेवा जारी नै राखिरहन सकेकाेमा संघले सम्पूर्ण सराेकारवालाहरुमा हार्दिकता प्रकट गरेकाे छ ।

यद्यपि आज सम्म विनाराेकटाेक सेवा सञ्चालन गर्न पाएका डेरी तथा दुग्धजन्य सवारीलाइ आज देखि टाईम कार्ड निर्धारण गरी सञ्चालन गर्नुपर्ने व्यवस्थाकाे नेपाल डेरी एसाेसिएसनले आपत्ति जनाएकाे छ ।

एसाेसिएसनले एक विज्ञप्ति जारी गर्दै डेरी क्षेत्रलाई बिहान १० बजेसम्म मात्र कायम गरिएको सञ्चालन हुने व्यवस्था गर्नु अव्यावहारिक भएकाे बताएकाे छ ।

विज्ञप्तिमा डेरी क्षेत्रसँग सम्बन्धित सेवा २४ घण्टा भित्र कुनै पनि समयमा प्रवाह  गर्नुपर्ने भएकाे कारण हाल तोकिएको समयभित्र रहेर दुध तथा दुग्ध पदार्थ ओसारपसार गर्न कठिन हुने कुरा उल्लेख गरिएकाे छ ।

साथै अहिले सार्वजनिक गरिएकाे समय तालिकामा औषधि र खानेपानिका सवारीलाई छुट दिएजस्तै डेरी क्षेत्रलाई पनि समयसिमा नतोकि बिना रोकतोक संचालन गर्ने व्यवस्था गर्नकाे लागि अनुरोध समेत गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij