२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

संस्कृत किन चाहियाे ? यस्ताे छ पण्डित विष्णु प्रसाद खनालकाे दृष्टिकाेण

संस्कृत किन चाहियाे ? यस्ताे छ पण्डित विष्णु प्रसाद खनालकाे दृष्टिकाेण

ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल

संस्कृत समस्त भाषाहरुकाे जननी, समृद्ध, अमृत, देवबाणी र गीर्वाणवाणी हाे। आजकाे याे बैज्ञानिक युग सम्म ल्याइपुर्‍याउने गुरु नै संस्कृत वाङमय हाे ।ज्ञान र विज्ञानको जननी संस्कृत हाे ।

संस्कृत बिनाको नेपाली समाज सम्भव छैन । अहिले संस्कृतलाइ बाहुनकाे मात्र भाषा हाे, हिन्दुहरुकाे मात्र भाषा हाे, संस्कृतले प्रतिगामी शक्तिलाई मद्दत पुर्‍याउँछ इत्यादि भनेर अनावश्यक भ्रमकाे खेती गरेर परस्पर मिलेर बसेका नेपालीहरुलाई विभाजित गर्ने काेसिस गरेका छन् । तर याे त त्यसकाे भाषा हाे जसले संस्कृतका ग्रन्थहरु पढ्छ र बाेल्छ नयाँ कुराकाे खाेजी गर्नकाे लागि त्यसैमा डुबुल्की मार्छ ।
संसारका प्रायः सबै भाषाहरु संस्कृत भाषाबाट अनुप्रणित रहेका छन् । नेपाली, मैथिली, नेवारी, भाेजपुरी, तामाङ आदि भाषाबाट संस्कृतका शब्दलाई निकाल्दा कस्तो हाेला ? अरु भाषा भन्दा संस्कृत प्रत्येक नेपालिका दुवै थरी भाराेपेली र भाेट वर्मेली परिवारका भाषाभाषिलाई अत्यन्त उपयाेगी छ र अत्यन्त सार्थक पनि छ ।

जस्तै हेर्नु भन्ने अर्थ लाग्ने `दृश´धातुको अध्ययन पछि ग्रिक साहित्यकाे डेक ,हिन्दीकाे दिख, नेपालीकाे देख् र अङ्ग्रेजीकाे डेक शब्दकाे उत्पत्तिकाे ज्ञान हुन्छ । जुन सबैकाे अर्थ एउटै हाे ।संस्कृतकाे भ्रातरबाट व्रदर र मातरबाट मदर शब्द बनेका हुन् । दृशकाे ठाउँमा पश्य आदेश भएको अवस्थालाई पनि अङ्ग्रेजीमा निकै प्रयोग भएको देख्न पाइन्छ ।

अनेकौं शब्दकाे संस्कृत मूल पाइन्छ । अत:भाषाकाे जननी पनि संस्कृत हाे भन्ने पुष्टि हुन्छ ।

प्राणी मात्रमा दया गर्ने तथा मानव मात्रमा समानताकाे ब्यबहार गर्ने उदार भाव संस्कृतमा पाइन्छ ।

अयं निजः पराेवेति गणना लघुचेतसाम्।
उदारचरितानान्तु वसुधैव कुटुम्बकम् ।।(महाेपनिषद्४/७१)
सानो चित्त हुनेले याे मेराे याे अर्काकाे भनी भाग लगाउँछन् । जस्काे उदार चित्त छ उसले सबैलाई आफनै सम्झन्छ । संस्कृत वाङ्मयले सबैलाई उदार बन्न अभिप्रेरित गरेको छ। सबैकाे हृदयाकाश स्वच्छ हुनुपर्छ । यही र यस्तै चेतनाको दीप बालेर नै पूर्वीय वाङ्मय आज विचारकाे धनी हुन सफल भएको छ।

चरित्र र नैतिकताकाे शिक्षा लिन संस्कृतकाे ज्ञान अनिवार्य देखिन्छ ।

संस्कृत बाङ्मय चरित्र ,अनुशासन ,पराेपकार, राष्ट्रप्रेम र मानव कल्याणका अनन्त गाथाहरुले भरिएको छ। वेद ,पुराण, उपनिषद्, स्मृति, आख्यान-साहित्य, काव्य, नाटक आदि विविध विधा-उपविधाका माध्यमले मानव जातिकाे उच्चतम जीवनचर्याका लागि प्रभावकारी सन्देश दिएको छ यसले।

अनुवाद गरेर पनि तिनबाट शिक्षा प्राप्त गर्न सकिन्छ तर संस्कृतकै माध्यमले अध्ययन गर्नुमा अदभूत आनन्द छ । यसले आयु आराेग्यता पनि प्रदान गर्ने प्रमाणित भइसकेको छ।

अबका भावी कमप्युटर पनि वाईनरि काेडवाट अपरेट नभइ संस्कृतम‌ै चल्ने गरि बनाइँदै छ ।

संस्कृतमा भएकाे ॐ शब्दकाे सहि ढंगले उच्चारण गर्दा मात्र पनि कैयौं राेगबाट छुट्कारा पाउन सकिन्छ । अ` उ र म तीन अक्षर मिलेर बनेकाे ॐ ले ब्रह्मा, बिष्णु र महेश्वरलाई जनाउँछ ।

 

स्पिच थेरापिमा पनि संस्कृत सहयाेगी सिद्ध हुनुका साथै एकाग्रता बढाउन पनि संस्कृत उपयाेगी भाषा बनेकाे छ। संस्कृत मात्र एउटा यस्तो भाषा हाे जुन बाेल्दा जिब्राका सबै मांसपेशीहरुकाे पनि उपयाेग हुन्छ ।

नासाका वैज्ञानिकहरुका अनुसार उनिहरुले जब अन्तरिक्षमा सन्देश पठाउँदा अन्य भाषामा वाक्य उल्टिनाले अर्थकाे अनर्थ लाग्ने तर संस्कृतकाे भने बाक्य उल्टे पनि प्राय अर्थ नबदलिने बिशेषता रहेकाे बताउँछन् ।

चाहे संस्कृति हाेस्, चाहे कला, भाषा..जीवन पद्धति, इतिहास, भुगाेल, साहित्य, प्रविधि एवम् चिकित्सा हरेक क्षेत्रमा संस्कृत बाङ्मयले नेतृत्व गरेको छ। त्यसैले आजकाे आवश्यकता अनिवार्य संस्कृत शिक्षा बनेकाे छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij