२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ७० हजार माथि , संक्रमित पनि बढेर ३८ लाख नाघ्यो

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ७० हजार माथि , संक्रमित पनि बढेर ३८ लाख नाघ्यो

 एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण संक्रमित र मृतकको संख्या थपिने क्रम जारी छ । यो खबर तयार पार्दा सम्म कोरोनाले विश्वमा ३९ लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् भने मृतकको संख्या २ लाख ७० हजार नाघेको छ । १३ लाख ३५ हजार मानिस कोरोना ठीक भएर घर फर्कन सफल भएका छन् ।

विश्वमा सबै भन्दा धेरै अमेरीकामा कुल मृतकको संख्या ७६ हजार पुगेको छ । संक्रमितको संख्या पनि १२ लाख ९० हजार पुगेको छ ।

त्यस पछि ईटाली र स्पेनलाई उछिनेर बेलाय युरोमा सबै भन्दा बढी संक्रमितको मृत्यु हुने देश बनेको छ । बेलायतमा मृतकको संख्या ३० हजार ६ सय १५ भएको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख ६ हजार नाघेको छ ।

ईटालीमा मृत्यु हुनेको संख्या ३० हजार नजिक पुगेको छ । त्याहाँ संक्रमितको संख्या २ लाख १५ हजार भन्दा बढी छ ।

स्पेनमा मृतकको संख्या २६ हजार ७० पुगेको छ भने संक्रमितको संख्या २ लाख ५६ हजार बढी रहेको छ ।

फ्रान्समा कुल मृतकको संख्या २६ हजार नजिक पुगेको छ भने १ लाख ७४ हजार भन्दा बढी संक्रमित छन् ।

जर्मननीमा मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ भने संक्रमित एक लाख ६९ हजार भन्दा बढी छ ।

रुसमा संक्रमितको संख्या एक लाख ७७ हजार नाघेको छ भने मृतकको संख्या १ हजार ६ सय २५ पुगेको छ ।

ब्राजिलमा मृतकको संख्या ९ हजार १ सय ४६ पुगेको छ भने संक्रमितको संख्या पनि एक लाख ३५ हजार नाघेको छ ।

यस्तै टर्कीमा संक्रमितको संख्या एक लाख ३३ हजार नाघेको छ भने ३ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ ।
ईरानमा मृतकको संख्या ६ हजार ४ सय ८६ पुगेको छ भने संक्रमित एक लाख ३ हजार नाघेको छ ।

क्यानडामा मृतकको संख्या ४ हजार ४ सय ८ पुगेको छ भने संक्रमित ६५ हजार नजिक पुगेको छ ।

यसै गरी छिमेकी भारतमा संक्रमित ५६ हजार ३ सय ५१ पुगेको छ भने १ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ ।

यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर २४ हजार ६ सय नाघेकोे छ भने मृतकको संख्या ५ सय ८५ पुगेको छ ।

यस्तै साउदी अरबमा संक्रमितको संख्या ३३ हजार ७ सय ३१ पुगेको छ भने २ सय १९ जनाको मृत्यु भएको छ ।

कतारमा १८ हजार ८ सय ९० जना संक्रमित पुगेका छन भने १२ जनाको मृत्यु भएको छ ।

युएईमा १६ हजार २ सय ४० संक्रमित छन् भने १ सय ६५ जनाको मृत्यु भएको छ ।

कुवेतमा ६ हजार ५ सय ६७ जना संक्रमित छन् भने ४४ जनाको मृत्यु भएको छ ।

मलेशियामा ६ हजार ४ सय ६७ जना संक्रमित छन् भने एक सय ७ जनाको मृत्यु भएको छ ।

बहराईनमा ४ हजार एक सय ९९ जना संक्रमित छन् भने ८ जनाको मृत्यु भएको छ ।

पोर्चुगलमा २६ हजार ७ सय १५ जना संक्रमित छन् भने एक हजार एक सय ५ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij