काठमाडौँ — खानेपानी तथा सरसफाइ संयुक्त परिषद (डब्लुएसएससीसी) सरसफाइ र स्वच्छता कोष (स्यानिटेसन एण्ड हाइजिन फन्ड)काे रुपमा रुपान्तरित भएको छ।
नेपाल सहितका विकासोन्मुख एवं गरीब मुलुकमा सहयोगी रहँदै आएको जेनेभा मुख्यालय रहेको डब्लुएसएससीसी संचालन समिति बैठकले परिषदको २०२१ –२०२५ नयाँ रणनीतिलाई अनुमोदन गर्दै परिषदलाई सरसफाइ र स्वच्छता कोषका रुपमा रुपान्तरण गरेको हो।
राष्ट्रसंघीय दिगो विकास लक्ष्यमा सघाउ पुग्ने गरी सरसफाइका क्षेत्रमा दातृ सहयोग जुटाउन र समन्वयकारी भूमिका निभाउन कोषको रुपमा थप भूमिका निर्वाह गर्ने भएको छ ।
कोषको जेनेभा स्थित मुख्यालयबाट जारी बिज्ञप्ती अनुसार, उपयुक्त सरसफाइ र स्वच्छताको अभावमा महिलामा महिनावारी स्वास्थ्यको जटिलता उब्जने गरेको र सरसफाइ अभावमैं झाडापखाला, हैंजा, इबोला, कोविड–१९ जस्ता प्रकोपहरु उत्पन्न हुने गरेको जनाइएको छ ।
यसैगरी, मातृ तथा नवजात शिशुको मृत्यु, यौनिक र प्रजनन स्वास्थ्य समस्या लगायतजैविक प्रतिरोध क्षमतामा हस, सेप्सिस् र कुपोषण जस्ता परिणामहरु पनि यही कारणले देखिने गरेका हुन् ।
विशेषत महिला र बालिकाहरुमा कमजोर सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्यकै कारण आफ्नो सुरक्षा र आत्मसम्मानमा नकारात्मक प्रभाव परिरहेको हुन्छ, यहीकारण लैङ्गिक हिंसा, छनौटको बिकल्प, गतिशिलिता, रोजगारीमा पहुँच तथा सामाजिक र आर्थिक शक्ति बन्ने क्षमतामा कमी आइरहेको हुन्छ । अहिलेको प्रगती सूचांक हेर्दा, सरसफाइ र स्वच्छताबारेको सहस्राव्दी विकास लक्ष्य २२ औं शताब्दीमा मात्रै पुरा हुन सक्ने देखिन्छ ।
यसकारण, सरसफाइ र स्वच्छता कोष विश्वभरका नेतृत्ववर्ग तथा राष्ट्रिय सरकारहरुलाई सरसफाइ तथा स्वच्छताका क्षेत्रमा वृहत रुपमा लगानी बढाउन आग्रह गर्दछ । विद्यालयमा रहने सरसफाइ तथा स्वच्छता, स्वास्थ्य केन्द्र र घरेलु तहमैं स्वास्थ्य र सरसफाइका नयाँ अन्वेषण तथा सहयोगी अभियानलाई साथ–समर्थन दिन कोषको अनुरोध छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij