कैलाली । गौरीगङ्गा नगरपालिकाकी एक १६ वर्षीया युवतीमाथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान् र २३ वर्षीय जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित युवतीबाट श्रीमान्समेतले आफूलाई जेठाजुबाट जबर्जस्ती करणी गराउन खोजेको हुँदा कारवाही गरी पाउ भनी जाहेरी आएकामा श्रीमान् र जेठाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij