काठमाण्डौँ । फेसबुकको म्यासेन्जर बाटै एनएमबि बैंकको खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने भएको छ ।
बैंकले स्मार्ट बैंकिङ्ग तर्फ फड्को मार्दै अब घरमै बसी वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकवर्गको लागी अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरु बैंकले पस्किएको हो ।
डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु प्राथमिकता रहेको बैंककले जनाएको छ । घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ आफु उन्मुख रहेको बैकले दावी गरेको छ ।
आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैंकिङ्ग अनुभवहरु परिष्कृत भएको महसुस गर्न फेसबुक म्यासेन्जरकैे प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको बताइएको छ ।
‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पुर्याउने एक महत्वर्पू योजना हो’ बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij