२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

१४ दिन पछि हिमपहिराेबाट उद्दार

१४ दिन पछि हिमपहिराेबाट उद्दार

सुवाेध खड्का / काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ का सुरज लामालाई १४ दिनपछि सकुसल उद्धार गरिएको छ ।  उनी गत वैशाख ६ गते रसुवाको रसुवागढी हाइड्रोपावरबाट पैदलै घर जानको लागि निस्किएका थिए ।

उनी निस्किएको भोलिपल्टदेखि नै सो क्षेत्रमा हिमपात सुरु भयो । उनी एकाएक सम्पर्कविहीन भए । घर जाने बेलामा उनले बाटोमा खानको लागि भनेर केही सातु र सुत्नको लागि भनेर एउटा म्याट बोकेर हिँडेका थिए । तर, एकाएक हिउँ परेपछि उनी हिँड्ने बाटो पुरियो र उनी सम्पर्कविहीन भए ।

वैशाख १६ गते उद्धार गरिएका लामालाई अहिले हेलिकप्टरबाट उद्धार गरी काठमाडौंमा रहेको सिभिल अस्पतालको आकस्मिक कक्षमा उपचार गरिँदैछ । उनको उद्धारको लागि हेलिकप्टर लिएर गएका नेकपा केन्द्रीय सदस्य माधव सापकोटाले उनको स्वास्थ्य अहिले खतरामुक्त रहेको जानकारी दिए ।

लामा रसुवागढी हाइड्रोपावरमा मजदुरीको काम गर्दै आएका थिए । रसुवाको गोसाइँकुण्ड नजिकै तारेभिरमा आइपुगेपछि उनी हिउँमा फसेका लामाको खोजी गरिदिन बलेफी गाउँपालिका–४ का वडाध्यक्ष कालीप्रसाद लामाले आग्रह गरेका थिए । उनको आग्रहसँगै सो क्षेत्रमा खटिएका नेपाली सेना, प्रहरी लगायतका निकायमा समेत खबर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij