२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

रोल्पामा बम बिस्फोट, ४ बालबालिकाको घटनास्थलमा नै मृत्यु

रोल्पामा बम बिस्फोट, ४ बालबालिकाको घटनास्थलमा नै मृत्यु

दाङ- रोल्पाको त्रिवेणी गाउँपालिकामा पुरानो बम नचिनेर खेलाउने क्रममा विस्फोट भई चार जना बालबालिकाको मृत्यु भएको छ।

त्रिवेणी गाउँपालिकाको वडा नम्बर ७ गैरीगाउँमा बिहीबार साँझ साढे ६ बजे  बम विस्फोट हुँदा चार बालबालिकाको ज्यान गएको रोल्पाका सिडिओ लक्ष्मण ढकालले देशसञ्चारलाई जानकारी दिए।

बालबालिका घरनजिकै खेलिरहेको बेला विस्फोट भएको हो। अहिले घटनास्थलमा सेना पुगेको सिडिओ ढकालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij