२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अनलाइन कक्षा र यसका सकारात्मक पक्षहरु

अनलाइन कक्षा र यसका सकारात्मक पक्षहरु

सुधिर गुरागाई, प्रबन्ध निर्देशक, कलेज अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङ्ग

लकडाउनसँगै शैक्षिक कार्यक्रम सञ्चालन नयाँ ढङ्गले सञ्चालन गर्नुपर्ने आवश्यकता देखियो । बाह्य मुलुकहरुले निकै पहिले देखि शुरुवात गरेको अनलाइन कक्षा सञ्चालनको लागि यतिबेला नेपाल सरकार अन्तरगत शिक्षा मन्त्रालयल र विश्व विद्यालयले नै निर्देशन दिएको छ । त्यो निर्देशन आउनुभन्दा पहिले नै केही कलेजहरुले काठमाडौंबाट अनलाइन कक्षा सञ्चालन शुरु गरेका थिए । त्यस मध्ये एक हो काठमाडौं तिनकुनेमा सञ्चालित नेपालको पहिलो आइटी कलेज, कलेज अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङ (सिआइटीई) ।
यसले परम्परागत शैक्षिक ढाँचाबाट माथि उठाउँदै आधुनिक अध्यापन कार्यमा हामीलाई संलग्न गराउनेछ । प्रत्यक्ष शिक्षण विधिको विकल्पमा रहने अनलाइन कार्यक्रमका थुप्रै राम्रो पक्षहरु हामीले भेट्न सक्छौं ।
अनलाइनमा आधारित रहेर कक्षाहरु सञ्चालन गरिरहेको यस कलेजले माइक्रोसफ्ट अफिस ३६५ र जुमबाट अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । लकडाउनको कारण शैक्षिक कार्यक्रममा परेको असरलाई पुर्ति गर्न यस किसिमको कार्यक्रम पुरक हुन सक्ने कलेजका प्रबन्ध निर्देशक सुधिर गुरागाईं बताउनुहुन्छ ।
नेपालमा यो नयाँ अभ्यास भएको कारण अहिले शिक्षक र विद्यार्थी बीच बानी नबनिसकेको कारण शुरुका दिनमा केही कठिनाई भएको समेत उहाँले सेतोघर डट कमसँगको कुराकानीमा बताउनुभयो ।
लकडाउनले सृजना गरेका नयाँ सम्भावना र चुनौतीबारे शिक्षाकर्मी गुरागाईंसँग सञ्चारकर्मी कमल पन्थीले गरेको कुराकानीको आधारमा तयार पारिएको सामाग्री यहाँ प्रकाशित छ ।
अनलाइन कक्षाको आवश्यकता किन ?
नेपालमा अहिले शैक्षिक संस्थाहरु विश्वव्यापी महामारी रुपमा फैलिएको काेराेना भाइरसका कारण बन्द छन् । जसले गर्दा औपचारिक शैक्षिक कार्यक्रम समेत बन्द छन् । यस्तो अवस्थामा शिक्षा क्षेत्रमा केही नोक्सानी त अवश्य भएको छ । यसको अर्को सकारात्मक पक्ष पनि छ । त्यो हो, लकडाउनले शिक्षालाई नयाँ परिस्थिति तर्फ उन्मुख समेत गराएको छ । जुन अवस्थाले शिक्षा क्षेत्रलाई नयाँ युगमा प्रवेश गराउनको लागि वरदान सावित हुने देखिएको छ ।
यसले परम्परागत शैक्षिक ढाँचाबाट माथि उठाउँदै आधुनिक अध्यापन कार्यमा हामीलाई संलग्न गराउनेछ । प्रत्यक्ष शिक्षण विधिको विकल्पमा रहने अनलाइन कार्यक्रमका थुप्रै राम्रो पक्षहरु हामीले भेट्न सक्छौं । शुरुका दिनमा तुरुन्तै अपेक्षाकृत नतिजा नआउन पनि सक्छ । यद्यपि यसलाई राम्रो तवरले व्यवस्थित गर्नसके यसको भविष्य राम्रो छ । जे होस्, शिक्षा क्षेत्रमा एकै पटक प्रविधिको प्रयोग तर्फ हामीलाई उन्मुख गराउन यो सुनौलो अवसर बनेको छ ।
नेपाल सरकारले विकास कार्यलाई गति दिन र आधारभूत आवश्यकता अन्तरगत पर्ने शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रलाई चलायमान बनाउन विश्व बैंक, एडिबीबाट सुलभ व्याज दरमा कर्जा लिएको हुन्छ । त्यस रकम मध्ये सरकारले शिक्षा सुधारको लागि निम्न पहल गर्नुपर्छ ।
लकडाउनले प्रविधिको प्रयोग सम्बन्धी सृजना गरेका अवसरहरु निम्न हुन सक्छन् ।
क) अनलाइन तथा दूर शिक्षा सञ्चालनमा उपयुक्त मौका
ख) इन्टरनेटको पहुँच गाउँ गाउँ सम्म विस्तार गर्न व्यापक दबाब
ग) प्रविधिको प्रयोगलाई बढावा दिने उपयुक्त अवसर
घ) नवीनतम प्रविधिको उच्च प्रयोग
ङ) कागजीय खर्च र समय घटाउन सहयोग
लकडाउन र विश्वव्यापी महामारीको कारण नेपालको लागि अन्य सम्भावनाहरु पनि सिर्जना हुने देखिएको छ, जुन यस्ता छन् ।
क) अध्ययनको लागि विदेशिने ठूलो रकम स्वदेशमा नै रोकिन्छ ।
ख) स्वदेशी शैक्षिक संस्थाको प्रतिष्पर्धी क्षमता बढाउन र गुणस्तरीयता सुधारमा सहयोग पुग्छ ।
ग) परीक्षा प्रणाली तथा प्रशासनिक कार्य लगायत सबै पक्षमा प्रविधिको प्रयोग बढाई कामलाई छिटोछरितो गराउन सहयोग पुग्छ ।
(यसको लागि सिष्टमले आफैं हाम्रा सबैै मापदण्ड चेकजाँच गरेर स्वतः प्रमाणित गर्ने व्यवस्था सहितका सफ्टवेयर प्रयोग गर्नु जरुरी रहन्छ ।)
सरकारले गर्नुपर्ने कार्यहरु
नेपाल सरकारले विकास कार्यलाई गति दिन र आधारभूत आवश्यकता अन्तरगत पर्ने शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रलाई चलायमान बनाउन विश्व बैंक, एडिबीबाट सुलभ व्याज दरमा कर्जा लिएको हुन्छ । त्यस रकम मध्ये सरकारले शिक्षा सुधारको लागि निम्न पहल गर्नुपर्छ ।
क) शैक्षिक संस्थाहरुलाई सफ्ट लोन उपलब्ध गराउनुपर्ने
ख) इन्टरनेट प्रविधिको सञ्जाल देशैभर विस्तार गर्नुपर्ने
ग) इन्टरनेटको शुल्कमा छुट दिने
घ) विश्वविद्यालयले लिँदै आएको सम्बन्धन शुल्क केही समयको लागि छुट दिएर निजी शैक्षिक संस्थालाई सवल बनाउन सहयोग गर्नुपर्ने ।
ङ) कोटा निर्धारणलाई व्यवस्थित गर्नुपर्ने ।
च) शिक्षा सम्बन्धी निति बनाउँदा शैक्षिक संस्था, हिसान, प्याब्सन, एनप्याब्सन, एकाेन , पियुक्यानका प्रतिनिधिहरुसँग छलफल गरी प्रविधिको प्रयोगका क्रममा आउन सक्ने समस्या सम्बन्धमा पनि विशेष सावधानी सहित प्राविधिक पक्षको नियन्त्रणमा जोड दिनु जरुरी छ ।
गुरागाइ एसाेसिएसन अफ इन्जिनियरिङ्ग कलेजज नेपालका उपाध्यक्ष र पुर्वान्चल विश्वविद्यालय कलेज एसाेसिएसन नेपालका महासचिव समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij