२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

प्रचण्डले राजीनामा मागेपछि वामदेव प्रधानमन्त्री र माधवलाई पार्टी अध्यक्ष बनाउने ओलीको प्रस्ताव

प्रचण्डले राजीनामा मागेपछि वामदेव प्रधानमन्त्री र माधवलाई पार्टी अध्यक्ष बनाउने ओलीको प्रस्ताव

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको बुधवारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन भनेपछि ओलीले गौतमलाई प्रधानमन्त्री र अर्का वरिष्ठ नेता माधव नेपालाई अध्यक्ष बनाउने प्रस्ताव राखेका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र गौतमलाई प्रधानमन्त्री तथा नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् ।

सचिवालय बैठक सुरु भएलगत्तै प्रचण्डले करिब ४५ मिनेट बोलेका कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने प्रस्ताव राखेपछि चर्काचर्की भएको एक सचिवालय सदस्यले बताए ।

सरकार र पार्टी दुबै कमजोर बन्दै गएकोले ओलीले मार्गप्रशस्त गनुपर्ने प्रचण्डको आग्रह थियो । प्रचण्डको आग्रहपछि जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफु मार्गप्रशस्त गर्न तयार रहेको तर संविधान संशोधन गरेर वामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई अध्यक्ष बनाउनुपर्ने नयाँ प्रस्ताव राखे, बैठकमा सहभागी एक नेताले भने ।

उक्त प्रस्ताव लगत्तै गृहमन्त्रीसमेत रहेका रामबहादुर थापाले सरकारलाई कमजोर पार्ने र पार्टीलाई फुटाउने नियोजित खेलमा विभिन्न तत्वहरु सक्रिय भएकाबेला दुबै अध्यक्षले राखेका प्रस्ताव अहिले नै उपर्युक्त नभएको बताएका थिए । उनलेसबै मिलेर संकटको सामना गनुपर्ने बेला आपसमै कलह मच्चाएर सरकार र पार्टी दुबैलाई बदनाम गर्न नहुने बताएका थिए।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब नेकपाको २० गते बस्ने सचिवालय बैठक बस्नेछ। उनका अनुसार २० गतेको सचिवालय बैठकले स्थायी कमिटीको बैठकबारे टुंगो लगाउनेछ।

पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले थप जटिल मोड लिदैं गएको छ । पछिल्लो समय ल्याईएको दुई अध्ययादेशका कारण पार्टीभित्रको बिवादले थप उग्र रुप लिदै गएपछि नेतृत्व हेरफेर सम्मको प्रश्न उठेको हो ।
अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टी्भित्र विवाद र गुटबन्दी चर्केको छ । ओली अल्पमतमा परेपछि स्थायी समिति बैठक नै राख्न आलटाल गरिरहेका छन् भने अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता नेपाल समूहले ओलीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताउनै आएका छन् । पछिल्लो समय आफु निकट र अन्य खेमाका सांसदसँग समेत छलफल गरेर आफु निकट केहिलाई ल्याउन सफल भएका ओलीले आज सचिवालय बैठक राख्न सहमती जनाएपछि आजपार्टी सचिवालय बैठक मंगलवार प्रचण्ड र ओलीले आह्वा गरेका थिए ।

ओलीले राजिनामा दिनुपर्छ भन्ने पक्षमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूह एकै ठाउँमा उभिएपछि यो समिकरणलाई जसरी नै भत्काउने प्रयासमा बालुवाटार जुटेको छ। प्रचण्ड र नेपाल समूहका २० सदस्यले यही वैशाख १० मा दुवै अध्यक्षलाई पत्र लेखेर स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए।

सिंगो मुलुकले संकट सामना गरिरहेका बेला पार्टी्भित्रैबाट आफूमाथि प्रहार हुन थालेपछि प्रधानमन्त्री ओलीले संसद र पार्टी दुवैतिर आफ्नो बहुमत जुटाउने प्रयास गरेका छन्। यही क्रममा ओलीले तत्कालीन एमाले र माओवादी दुवै पक्षका सांसदसँगको भेट तथा छलफललाई तीव्रता दिएका हुन्। पूर्वमाओवादीका केही नेताहरु पछिल्लो समय ओलीसँग नजिकिएका छन्। आवश्यक परे बहुमतको दस्तावेज देखाउने गरी बहुमत सांसदको हस्ताक्षर समेत गराइएको छ। अहिले नेकपासँग १७३ सांसद छन् ।

ओलीले आफुले अहिले प्रधानमन्त्री र पार्टी अध्यक्ष बाट कुनै हालतमा राजीनामा नदिने अडान कसेका छन् । तर आजको बैठकमा भने पदबाट हटेर मार्ग प्रसस्त गर्न आग्रह गरिएपछि गौतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव स्वरुप नयाँ कार्ड फालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij