तारकेश्वरको ज्ञानभुमि सेकेण्डरी स्कुलको संयोजनमा minerva foundation बाट तारकेश्वर गैरीगाउँमा सञ्चालित नेपाल मानव सेवा संस्था (बालगृह) मा खाद्यान्न तथा विविध स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
एक अनौपचारिक कार्यक्रम बीच विद्यालयका प्रिन्सिपल गोविन्द भट्ट, minerva foundationका संस्थापक टोपिन्द्र प्रसाद सापकोटा, नेपाल मानव सेवा संस्थाका प्रतिनिधि लगायत उपस्थित कार्यक्रम बीच उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण पश्चात् ज्ञानभुमि सेकेण्डरी स्कुलका प्रिन्सिपल गोविन्द भट्टले अहिलेको प्रतिकुल परिस्थितिमा पीडामा छट्पटिएका व्यक्तिहरुलाई केही सहयोग पुग्न सकोस् भन्ने मान्यताले सहयोग उपलब्ध गराई महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै minerva foundationएवं सापकोटा परिवार प्रति कृतज्ञता प्रकट गर्नुभयो ।
फाउन्डेसनका संस्थापक सापकोटाले आफूहरुले उपलब्ध गराएको खाद्य सामाग्रीले पीडितहरुलाई केही राहत हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । साथै ऊहाँले सामाजिक सेवामा निरन्तर संलग्न रहँदै आएकोमा नेपाल मानव सेवा संस्था प्रति हार्दिकता प्रकट गर्दै आगामी दिनमा अझ सशक्त तवरले अघी बढ्नेमा आफू आशारत भएको बताउनुभयो ।
नेपाल मानव सेवा संस्थाका प्रतिनिधिहरुले समेत कठिन अवस्थामा सहयोग उपलब्ध गराउने विद्यालय तथा फाउन्डेसन परिवार प्रति हार्दिकता प्रकट गरे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij