काठमाडौँ– विराटनगरबाट रातभरिको यात्रापछि काठमाडौँ आएर नागढुंगामा प्रहरीद्वारा रोकिएका सर्वसाधारणहरुलाई काठमाडौँ प्रहरीले विराटनगर नै फर्काएको छ। उनीहरुलाई सोमबार साँझ विराटनगर नै पठाइएको काठमाडौँ प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। ‘उनीहरुलाई जुन गाडीमा ल्याइएको त्यही गाडीमै विराटनगर पठाइएको छ,’ राठौरले देशसञ्चारसँग भने।
सातवटा बस चढेर विराटनगरबाट आइतबार दिउँसो हिँडेर सोमबार बिहान नागढुंगा आइपुगेकामध्ये ६० जना जति दिनभरि त्यहीँ अलपत्र परेका थिए। उनीहरुलाई सोमबार साँझ विराटनगरतर्फ पठाइएको हो।
सातवटा बसमा आएकामध्ये अन्य विभिन्न माध्यमबाट काठमाडौँ सहर प्रवेश गरिसकेका छन्।
विराटनगरका स्थानीय निकायले उनीहरुलाई काठमाडौँ पठाएका हुन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij