२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

बढी मूल्यमा दाल बिक्री गरेको आरोपमा दाल मिल सञ्चालकसहित पाँच जना पक्राउ

बढी मूल्यमा दाल बिक्री गरेको आरोपमा दाल मिल सञ्चालकसहित पाँच जना पक्राउ

वीरगञ्ज– लकडाउनको बेला दाल बढी मूल्यमा बिक्री गरेको आरोपमा दुई दाल मिलका सञ्चालकसहित पाँच जनालाई आइतबार बारा प्रहरीले पक्राउ गरेको छ।

लकडाउनको फाइदा उठाउँदै आफ्नो उद्याेगमा उत्पादित दाल बढी मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले बाराको परवानीपुर गाउँपालिका ४ चैनपुरमा रहेको नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिजका सञ्चालक मोहनलाल अग्रवाल, काराखानाका प्रतिनिधि सुनिल शर्मा, सोही ठाउँमा रहेको महाबिर ओभरसिज प्रा.लिका प्रतिनिधि सन्तोष झालाई पक्राउ गरेको हो।

यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका छातापिपरामा रहेको श्रीकृष्ण आधुनिक दाल उद्योगका प्रोप्राईटर पवन कुमार साह र प्रतिनिधि सुरेश प्रसादलाई पनि प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरुले लकडाउनको अवधिमा मौका छोपी बढी मूल्यमा दाल बिक्री गरेको प्रहरीकाे भनाइ छ।

कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिमको कालोबजारी गरेको कसूरमा ती उद्योगको संलगनता रहेको आधारमा उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएकाे छ।

पक्राउ परेका उनीहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएकाे छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij