मुलुक लामो समयको लकडाउनको कारण यहाँका आर्थिक क्रियाकलापहरु सञ्चालन हुन नसक्दा अब कोरोनाको मात्र नभई खाद्यान्न एवं आर्थिक सङ्कट समेत पर्ने स्थिति देखिएको छ । यस्तो अवस्थालाई लक्षित गरी नेपाल सरकारले प्राथमिकताको आधारमा विभिन्न क्षेत्रहरुमा क्रमिक रुपमा लकडाउन खुकुलो पार्दै लैजानुपर्ने बताउनुहुन्छ राजन गैरे ।
यस्ता छन् कृषि प्रविधिअभियन्ता राजन गैरेका टिप्सहरु (बुँदागत रुपमा)
१. प्रायः सबै खाद्यान्न पसल, साना सुपर मार्केट र गैह्र खाद्य वस्तुका पसलहरु पनि खोल्नु जरुरी छ । त्यसरी पसल खोल्दा सामाजिक दुरी भने कायमै राख्नुपर्छ ।
२. अर्को प्रकृतिका कृषि सामाग्री पसल, भेटरिनरि र पेट्रोल पम्प, कृषि उत्पादन सामग्री, कृषि उपज बिक्री हुने हाटबजारहरु पनि सामाजिक दुरी कायम गरेर संचालनमा ल्याउनु जरुरी छ ।
३. मोटरसाइकल र साइकलमा एक जना मात्र हिँड्न पाइने व्यवस्था गर्नु पनि उपयुक्त हुने देखिन्छ ।
४. कृषि सामग्री ढुवानी, सामान बोक्ने ट्रक, पिकअप ड्राइभर, निजी र सार्वजनिक यातायातहरु सुरक्षा विधि अपनाई सन्चालनमा ल्याउनु जरुरी देखिन्छ ।
५. देशलाई पुरै सिल गर्नु जरुरी छ । साथै अत्यावश्यक सामान औषधि, खाद्यान्न, उत्पादनमूलक उद्योग, कृषि तथा भेटेनरी र निर्माण ढुवानी गर्ने कार्यलाई निरन्तरता दिनुपर्छ ।
६. बेलुका ७ बजे देखि बिहान ६ बजे सम्म (रातीको समय) सबै लकडाउन गर्नुपर्ने जरुरी समेत देखिन्छ ।
७. बोर्डरमा नै समान बोक्ने ट्रकका चालक र एक जना सहयोगीको COVID -19 टेस्ट गर्ने व्यवस्था मिलाउनुपर्छ ।
८. प्रायः सबै ठाउँमा हात धुने, तापक्रम लिने र sanitizer को व्यवस्था मिलाउनु जरुरी छ ।
९. स्कुल, कलेजहरु, सिनेमा हल ठूला महलहरू बन्द नै गर्नुपर्छ । तर परीक्षा कार्यक्रम सञ्चालनको लागि उपयुक्त प्रबन्ध मिलाउनुपर्छ ।
१०. सङ्क्रमित जिल्लाहरू पूरै सिल गरी आवतजावतमा रोक लगाउनुपर्छ ।
११. बढि भन्दा बढि उत्पादनमुलक क्षेत्रमा राज्यको ध्यान जानुपर्छ । यसतर्फ लगानीकर्तालाई प्रोत्साहन पनि गर्नुपर्छ । स्वदेशमा नै रोजगारी सृजना गर्न आवश्यक पहल गर्नुपर्छ ।
१२. लकडाउनपछि परिस्थिति पहिलेकै जस्तो सामान्य अवस्थामा फर्कन सकिने आमबुझाइ छ । तर बिर्सन हुँदैन कि जब सम्म खोप–औषधि पत्ता लाग्दैन वा यो रोग आफैं हराएर जाँदैन, तबसम्म हामी हिजोकै जसरी सामान्य अवस्थामा फर्कन सक्दैनौं । विश्वमा एउटा मात्रै संक्रमित रहुन्जेल हामी सधैं जोखिममा रहिरहन्छौं । यसैअनुसार सावधानी अपनाउन जरुरी छ । हिजो हामी जसरी धेरै जना सँगै यात्रा गथ्र्यौं, स्कुलमा पठनपाठन गथ्र्यौं जसरी बिरामीको हेरचाह गथ्र्यौं, आमसभा आयोजना गथ्र्यौं, चलचित्र भवनमा जान्थ्यौं, सांगीतिक कार्यक्रमहरू गथ्र्याैं, जसरी जात्रा र सांस्कृतिक कार्यक्रम गथ्र्यौं, यी सबैको स्वरूप परिवर्तन गरिनुपर्दछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij