एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या एक लाख ९६ हजार भन्दा बढी भएको छ । साथै २७ लाख ९० हजार भन्दा बढी संक्रमित भएका छन् । सात लाख बढी संक्रमित निको भएको पनि जोन हप्किन्स विश्व विद्यालयले जनाएको छ । यो समाचार तयार पार्दा सम्म कोरोनाको केन्द्र बनेको अमेरीकामा मात्रै ५१ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ भने ८ लाख ९० हजार भन्दा बढी संक्रमितको संख्या पुगेको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या २६ हजार नजिक पुगेको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ९३ हजार पुगेको छ । स्पेनमा मृतकको संख्या २२ हजार ५ सय २४ पुगेको छ भने दुई लाख १९ हजार ७ सय ६४ संक्रमित भएका छन् । त्याहाँ एकै दिनमा ६ हजार बढी संक्रमित भएका छन् । फ्रान्समा मृत्यु हुनेको संख्या २२ हजार हजार २ सय ७८ पुगेको छ । त्याहाँ संक्रमितको संख्या एक लाख ६० हजार नजिक छ ।
त्यसै गरी बेलायतमा मृत्यु हुनेको संख्या बढेर १९ हजार ६ सय ६६ पुगेको छ । संक्रमित एक लाख ४४ हजार ६ सय भन्दा बढी भएको छ । त्याहाँ एकै दिन ५ हजार संक्रमित थपिएका छन् । जर्मननीमा मृतकको संख्या ५ हजार ७ सय २३ पुगेको छ । त्यसै गरी संक्रमित एक लाख ५४ हजार ५ सय ४५ भएको छ ।
यस्तै टर्कीमा संक्रमितको संख्या तीव्र वृद्धि भएर एक लाख ४ हजार पुगेको छ भने २६ सयको ज्यान गएको छ । ईरानमा मृतकको संख्या ५ हजार ५ सय ७४ भएको छ भने संक्रमित ८८ हजार नाघेको छ । बेल्जियममा मृतकको संख्या ६ हजार ६ सय ७९ पुगेको छ भने ४४ हजार २ सय बढी संक्रमित भएका छन् । ब्राजिलमा मृतकको संख्या ३ हजार ६ सय ७० पुगेको छ भने संक्रमित ५३ हजार पुगेको छ ।
क्यानडामा मृतकको संख्या २३ सय ८६ पुगेको छ भने संक्रमित ४४ हजार ५ सय २६ पुगेको छ । नेदरल्याण्डमा मृतकको संख्या ४ हजार तीन सय ४ पुगेको छ भने संक्रमित ३६ हजार ७ सय २७ पुगेको छ । रुसमा संक्रमितको संख्या ६८ हजार ६ सय २२ पुगेको भने ६ सय १५ जनाको मृत्यु भएको छ । साउदी अरबमा संक्रमितको संख्या १५ हजार एक सय २ पुगेको छ भने १ सय १७ जनाको मृत्यु भएको छ ।
ईजरायलमा १५ हजार भन्दा संक्रमित पुगेका छन् भने एक सय ९४ जनाको मृत्यु भएको छ । जापानमा १२ हजार ३ सय ६८ जना संक्रमित छन् भने ३ सय २८ जनाको मृत्यु भएको छ । यसै गरी भारतमा निरन्तर कोरोना संक्रमित बढीरहेको छ । भारतमा २४ हजार ४ सय ४७ जना संक्रमित पुगेको छ भने ७ सय ८० जनाको मृत्यु भएको छ । यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर ११ हजार ७ सय २९ पुगेको छ भने मृतकको संख्या २ सय ४८ पुगेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij