२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज उपत्यकाबाट १ हजार २३ जना प्रहरीको नियन्त्रणमा

आज उपत्यकाबाट १ हजार २३ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने  १ हजार २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले नियनत्रणमा लिएको हो । त्यसैगरी  ३ सय ३२ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ  ।

प्रहरीका अनुसार काठमाडौंमा सबैभन्दा बढी ७ सय ८६, ललितपुरमा २ सय १७ र भक्तपुरमा २० जनालाई नियन्त्रणमा लिइएको छ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले चैत ११ गतेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij