तेह्रथुम । मेन्छ्यायेम गाउँपालिका–६ मोराहाङका एक वृद्धको क्लिनिकमा उपचारको क्रममा मृत्यु भएपछि क्लिनिक सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोराहाङ बजारमा संचालित समृद्धी फर्मामा उपचारको क्रममा ६२ वर्षिय डम्वरबहादुर लिम्बुको शुक्रबार साँझ मृत्यु भएपछि सञ्चालक पुष्पराज ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सामान्य विराम भएपछि लिम्बु अपरान्ह ५ बजे क्लिनिक पुगेका थिए । उनी प्रेशरको विरामी भएको भन्दै क्लिनिक संचालक ढुंगानाले प्रेशरको औषधि र ईन्जेक्सन चढाएको १५ मिनेटमा वृद्धको मृत्यु भएको मृतकका छोरा दिनेश लिम्बुले बताए । उनका अनुसार चिकित्सकको लापरवाहीले गलत औषधि चलाइएपछि बुवाको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रहरीमा जाहेरी दिएपछि क्लिनिक सञ्चालकलाई डिएसपी नबिन किसोर प्रधानले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमको लागी विपि कोईराला बिज्ञान प्रतिष्ठान धरान पठाइएको र प्रहरी नियन्त्रणमा रहेका फर्म संचालकलाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij