काठमाडौ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पनि बढ्दो क्रममा छ । अहिले विश्वमा डेढ लाख भन्दा बढी मानिसको यसबाट ज्यान जानुका साथै २२ लाख भन्दा बढी संक्रमित छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा.बासुदेव पाण्डेका अनुसार कोरोना भाइरस नेपालमा पनि फैलने क्रममै रहेको छ । डा.पाण्डेले पिसिआरबाट परिक्षण गर्दा अहिले नेपालका नौ जिल्लाबाट ३० जना कोरोना संक्रमित भेटिएको सेतोखबरलाई जानकारी दिए । उनले आरडिटीमार्फत पुर्वाञ्चलका जिल्लाहरु लगायत नेपालका लगभग १४ जिल्लामा कोरोना पोजिटिभ भेटिएको तर त्यसैलाई पिसिआरमार्फत परिक्षण गर्दा आधा भन्दा बढी नेगेटिभ आएको बताए । अहिलेसम्म आरडिटिबाट २४ जनामा कोरोना पोजिटिभ देखिएको समेत जानकारी दिए । उनले प्रदेश बाहेक अन्य प्रदेशमा आरडिटिबाट पोजिटिभ देखिएको र अहिले प्रदेशले आफै आरडिटी गरिरहेको समेत जानकारी दिए ।
छोटकरीमा विवरण
नेपालमा कोरोना भाइरस पुष्टि भएका जिल्ला :
(कोरोना पुष्टि : ३० जना)
काठमाडौं
भक्तपुर
बाग्लुङ
पर्सा
रौतहट
कैलाली
कञ्चनपुर
चितवन
उदयपुर
आरडिटीमार्फत कोरोना पोजिटिभ देखिएका तर आधिकारिक पुष्टि भइनसकेका जिल्ला :
(जम्मा पोजिटिभ : २४)
काभ्रे
मुगु
झापा
मोरङ
सुनसरी
पर्सा
सप्तरी
काठमाडौं
धादिङ
मकवानपुर
चितवन
कास्की
बाग्लुङ
गोर्खा
पिसिआरमार्फत जम्मा परिक्षण : ७७०२
संक्रमित नदेखिएका : ७६७२
आइसोलेसनमा राखिएका : ९०
[काठमाडौंमा : ५, काठमाडौं बाहिर : ८५]
र्यापिड परिक्षण : १६, ५६५
क्वारेन्टाइनमा राखिएका : ४६०७
आरडिटी सुरु नभएका जिल्ला : सोलुखुम्बु र डोल्पा
खाडी मुलुक र मलेसिया कोरोना पुष्टि भएका नेपालीको संख्या : ७९
सन्चो भएकाको संख्या : ६
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij