२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

इन्जिनियर तथा निर्माता सञ्जय महताेकाे लकडाउन डायरी

इन्जिनियर तथा निर्माता सञ्जय महताेकाे लकडाउन डायरी

सञ्जय महताे
बहुप्रतिभाशाली व्यक्ति हुन् सञ्जय महतो निर्माता र इन्जिनियर गरी २ अलग  क्षेत्रमा पहिचान बनाएका उनी युवाहरुको लागि प्रेरक व्यक्ति पनि हुन् । सधैं सकारात्मक सोचले कर्मपथमा संलग्न भइरहने महतो अहिले लकडाउनलाई पनि अवसरमा बदल्ने मान्यता सहित आफ्ना गतिविधिहरुलाई नयाँ ढंगले अघी बढाइरहेका छन् । समय व्यवस्थापनमा खुबै ख्याल राख्ने महताेले लकडाउनलाइ पनि अवसर बनाइरहेका छन् ।
अन्य नेपाली दाजुभाइ दिदीबहिनीहरुले पनि आफ्नो रुचि र क्षमताको आधारमा यस अवसरलाई कार्य सम्पादनमा थप सुधार ल्याउने र सिक्ने अवसरको रुपमा उपयोग गर्नुपर्नेमा जोड दिन्छन् उनी । यसको लागि सबैभन्दा सजिलो साथी बन्न सक्छ युट्युब । अर्को साथी हो गुगल । यी महासागरबाट हामीले जे खोजेपनि लिन सकिन्छ । तर फेसबुकमा मात्रै समय कटाउने प्रवृत्ति भने कम गर्दै जानुपर्ने उनको धारणा छ । बरु फुर्सदको समयमा सरसफाई, खाना पकाउने, चित्र कोर्ने, किताब पढ्ने, लेख तथा साहित्य रचना गर्ने, अनलाइनबाट नयाँ विषयको तालिम लिने जस्ता कार्यहरुलाई उनी महत्वपूर्ण ठान्छन् ।
यतिबेला सबैजसो नेपाली होम क्वारेन्टाइनमा बसेरै दिन कटाइरहेका छन् । महतो पनि अपवाद छैनन् । आफ्नै घरमा बसेका छन् । उनले दिन कटाइरहेका मात्र छैनन्, सुरक्षित तवरले आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका छन् । यस अवसरलाई उनले आफ्नो कला यात्रामा अझ निखारपन ल्याउने गरी व्यस्तता बढाएका छन् ।
लकडाउन खुलेसँगै नयाँ गीत सार्वजनिक गर्ने योजना बमोजिम आफु त्यसको तयारीमा लागेको बताउँछन् महतो । स्मरण रहोस्, अघिल्लो बर्ष मात्र सार्वजनिक भएको ‘पसिना’ नामक चलचित्रमा समेत महतोको महत्वपूर्ण भूमिका छ ।
अन्य नेपाली दाजुभाइ दिदीबहिनीहरुले पनि आफ्नो रुचि र क्षमताको आधारमा यस अवसरलाई कार्य सम्पादनमा थप सुधार ल्याउने र सिक्ने अवसरको रुपमा उपयोग गर्नुपर्नेमा जोड दिन्छन् उनी । यसको लागि सबैभन्दा सजिलो साथी बन्न सक्छ युट्युब । अर्को साथी हो गुगल । यी महासागरबाट हामीले जे खोजेपनि लिन सकिन्छ । तर फेसबुकमा मात्रै समय कटाउने प्रवृत्ति भने कम गर्दै जानुपर्ने उनको धारणा छ । बरु फुर्सदको समयमा सरसफाई, खाना पकाउने, चित्र कोर्ने, किताब पढ्ने, लेख तथा साहित्य रचना गर्ने, अनलाइनबाट नयाँ विषयको तालिम लिने जस्ता कार्यहरुलाई उनी महत्वपूर्ण ठान्छन् ।
अहिले फुर्सदको समयलाई कसरी बढी फलदायी बनाउन सकिन्छ भन्ने मान्यताले रङ्गमञ्च र इन्जिनियरिङ दुवै क्षेत्रका अलग–अलग रणनीतिक योजनाहरु बनाउनमा आफु व्यस्त रहेको बताउँछन् महतो ।
खासगरी पेशागत रुपमा इन्जिनियरिङ धितो मूल्यांकन क्षेत्रमा संलग्न उनी मूल्यांकन क्षेत्रमा नयाँ विकास भएका पद्धतिहरुको ज्ञान हासिल गरिरहेका छन् । आफुले व्यवसायमा नअपनाएका सफ्टवेयरहरु सञ्चालन बारे तालिम लिँदैछन् ।
लकडाउनको बाध्यात्मक परिस्थितिलाई अहिले अधिकांश नेपालीहरुले बोझको रुपमा लिइरहेका छन् । तर हामीले चाहँदैमा प्रकृतिले सृजना गरेको र हाम्रो नियन्त्रण भन्दा बाहिर रहेको विषयमा तत्काल कुनै नयाँ समाधान ननिस्कने हुँदा ठूलो चिन्तामा समय बर्बाद नगरी जे उपलब्ध छ र जे गर्न सकिन्छ त्यसैमा रमाउनुपर्ने महतोको धारणा छ ।
अहिले अधिकांश नेपाली साधारणतया निकै व्यस्ततामा बाँच्नुपर्ने अवस्था रहन्छ । कहिलेकाहीँ प्रकृतिले नै उनीहरुको नियमित व्यस्ततालाई तोडेर नयाँ परिवेशबारे ज्ञान उपलब्ध गराउन र प्रकृतिकै बाटोमा हिँड्नैपर्ने परिस्थिति सृजना गर्दो रहेछ । अहिलेको परिस्थितिलाई यसै अर्थमा समेत बुझ्नुपर्ने मान्यता राख्छन् महतो ।
साथै अहिलेको नयाँ परिवेशलाई नयाँ अवसरमा बदल्न लामो समय देखि रोकिएका कामहरु सम्पन्न गर्न सकिने, परिवारसँग रमाइलो दिनचर्या बिताउन सकिने र सृजनशिल कार्यमा संलग्न हुन सकिने बारे समेत अनुरोध गर्छन् महतो ।
अहिले अधिकांश नेपाली साधारणतया निकै व्यस्ततामा बाँच्नुपर्ने अवस्था रहन्छ । कहिलेकाहीँ प्रकृतिले नै उनीहरुको नियमित व्यस्ततालाई तोडेर नयाँ परिवेशबारे ज्ञान उपलब्ध गराउन र प्रकृतिकै बाटोमा हिँड्नैपर्ने परिस्थिति सृजना गर्दो रहेछ । अहिलेको परिस्थितिलाई यसै अर्थमा समेत बुझ्नुपर्ने मान्यता राख्छन् महतो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij