नेपाल यतिबेला कोरोनाको सम्भावित जोखिमको कारण पूर्ण रुपमा लकडाउनमा छ । तत्कालको लागि कोरोनाको त्रास र लकडाउनको अवस्थाले जति अप्ठ्यारो परिस्थिति सृजना भएको छ, अहिले नै लकडाउन र कोरोना नियन्त्रण पश्चात् सृजना हुने अवस्थाको बारेमा सोचेनौं भने त्यो परिस्थिति समेत हाम्रो लागि निकै कष्टकर हुने देखिएको छ । यद्यपि अहिले सम्म यस गहन विषयमा भने कसैको पनि ध्यान जान सकेको छैन ।
कृषिप्रविधिविज्ञ राजन गैरेका अनुसार लकडाउन पश्चात् आउन सक्ने आर्थिक मन्दीको असर हाम्रो लागि अझ भयावह हुन सक्ने देखिएको देखिन्छ । साथै मानिसको लागि खाद्यान्न सबैभन्दा पहिलो आवश्यक वस्तु हुने कुरालाइ विचार गर्दै नेपाल सरकारले तत्काल नै खाद्यान्न उत्पादनकाे निम्ति सुरक्षित तवरले जनशक्ति परिचालन गर्नु जरूरी रहने उहाँ बताउनुहुन्छ ।
गैरे भन्नुहुन्छ, कृषिमा अाउन सक्ने भावी परिस्थितिलाइ विचार गर्दै राज्यले सहज रूपमा कृषि गतिविधि सञ्चालन गर्न किसानहरूलाइ प्राेत्साहित गर्नु जरूरी छ । हामीले अहिले नै राज्यले यस परिस्थितिलाइ विचार गरिएन भने हाम्राे अवस्था निकै नै विकराल बन्ने निश्चित छ ।
कृषि क्षेत्र अाफैंमा संवेदनशिल क्षेत्र भएकाे कुरालाइ विचार गर्दै सुरक्षित तवरले उत्पादन कार्यलाइ निरन्तरता दिएमात्र अागामी परिस्थितिमा हामी अात्मनिर्भर बन्नुकाे अलावा सङ्कटलाइ सजिलै टार्न सक्ने अवस्था सृजना हुने स्मरण गराउँदै राज्य यसतर्फ गम्भीर हुनुपर्ने गैरेकाे धारणा छ ।
साथै कृषि क्षेत्रलाई नयाँ युगमा प्रवेश गराउने कार्यमा कोरोना भाइरसले उत्पन्न गरेकाे लकडाउन परिस्थिति सुवर्ण अवसर बन्न सकाेस् भन्ने शुभकामना समेत गैरेले नयाँ बर्ष २०७७ काे अवसरमा प्रवाह गर्नुभएकाे छ ।
यसकाे अलावा सम्भव भएसम्म कृषि उत्पादन अभिवृद्धिकाे लागि अावश्यक व्यवस्था गरी कृषि उत्पादन कार्यमा जनशक्ति परिचालन गर्न र अावश्यक विउ मल एवं उपकरण उपलब्ध गराउन उपयुक्त कदम चाल्नु जरूरी समेत देखिएकाे छ ।