२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

पहिले ज्यान बचाऔं, नाफाघाटाको हिसाब पछि गरौंलाः अध्यक्ष सुवेदी

पहिले ज्यान बचाऔं, नाफाघाटाको हिसाब पछि गरौंलाः अध्यक्ष सुवेदी

खुम सुवेदी- अध्यक्ष, टान

अहिले नेपालमा पर्यटनमूलक गतिविधिहरु ठप्प छन् । विश्वव्यापी रुपमा नै फैलिएको कोरोना भाइरसको प्रभावले गर्दा संसारभर पर्यटन क्षेत्र तहसनहस छ । नेपालमा अन्य क्षेत्रको तुलनामा पर्यटन क्षेत्र अझ बढी प्रभावित छ । अहिलेको अवस्थालाई हेर्दा यो अवस्था कहिले सामान्य हुने हो भन्ने अनुमान गर्नै सकिँदैन ।

सन् २०२० मा पर्यटन क्षेत्र माथि उठ्न सक्ने अवस्था नै छैन । सन् २०२१ मा भने पुनः पर्यटनले गति लिनेमा हामी आशावादी छौं । पर्यटन क्षेत्र सामान्य अवस्थामा आउन अझै कम्तीमा ३ बर्ष लाग्छ ।

विगतमा पर्यटनको योगदान 
नेपालको पर्यटन क्षेत्रबाट करिब ८ लाख व्यक्तिहरुलाई प्राप्त हुँदै आएको रोजगारी गुमेको छ । यसको अलावा व्यवसायीहरुलाई निकै ठूलो भार थोपरिएको छ । बैंकको व्याज, किस्ता रकम, कर्मचारीको तलब, अफिस भाडा लगायत दायित्व व्यवसायीले वहन गर्नुपर्नेछ । यद्यपि यसलाई अहिलेको अवस्थामा नै व्यवस्थित गर्न नसकिने अवगत गराउँदै हामीले सरकारलाई २ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउन आग्रह गरिरहेका छौं । यसको अलावा हामीले सरकारसँग पुनकर्जाको माग समेत गरेका छौं । सरकारले हाम्रो समस्यामा सम्बोधन गर्नेमा हामी आशावादी छौं ।

पर्यटकको आगमन घट्न सक्छ
परिस्थिति सामान्य अवस्थामा आइसकेपछि समेत नेपालमा १ बर्षको अवधिमा नेपालमा आउने पर्यटकको सङ्ख्या केवल ३० प्र्रतिशतमा सीमित हुने देखिएको छ । यसलाई बढाउनको लागि हामीले विशेष प्रवद्र्धनात्मक आकर्षक प्याकेजहरु ल्याउनु जरुरी रहन्छ ।

अहिले मजदुरहरुको अवस्था अझ अर्को ठूलो समस्या हुने देखिएको छ । यसलाई कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा पर्यटन वोर्ड सँग छलफल गरेर उपयुक्त समाधान निकालिनेछ ।

मुख्य पर्यटकीय केन्द्र नै समस्यामा 
विश्वबजारबाट आउने पर्यटकहरुबाट नै नेपालमा पर्यटन बजार धानिएको छ । युरोप, अमेरिका लगायतका विकसित देशहरुको अवस्था कमजोर भएको र त्यहाँको आर्थिक अवस्था समेत कमजोर बनेको कारण नेपालमा ती देशहरुबाट पर्यटक आउने सम्भावना निकै कम छ ।

व्यवसायको तौरतरिकामा थप परिष्कृत हुनु जरुरी
नेपालमा पर्यटन क्षेत्रमा निकै ठूलो लगानी भइसकेको छ । यसकारण केही बर्ष समस्या व्यहोर्नुपरेपनि यस क्षेत्रबाट पूर्णत बाहिरिने अवस्था पक्कै रहँदैन । अब सृजना हुने परिस्थितिमा हामीले बजार रणनीति, पूर्वाधार निर्माण, नयाँ गञ्तव्यको खोजी एवं हाम्रो बानीव्यवहारमा सुधार ल्याउँदै कर्मचारीको सीप र क्षमतालाई अभिवृद्धि गर्दै उत्कृष्ट सेवाप्रवाहमा हामीले विशेष ध्यान दिनु जरुरी रहन्छ । हामी नयाँ परिस्थितिमा कसरी अघी बढ्ने भन्ने सम्बन्धमा विज्ञहरु एवं पर्यटन व्यवसायीसँग छलफल गर्दै थप जिम्मेवार हुँदै अबका गतिविधि अघी बढाउनुपर्ने आवश्यकता समेत छ ।

अहिले नेपालमा ट्राभल टे«किङ लगायतमा संलग्न रही करीब १८ सय व्यवसायीहरुले काम गरिरहेका छौं । करिब ५ हजार रेष्टुरेष्टहरु र करिब साढे ४ सय स्तरीय होटलहरुमा भएको लगानीलाई लक्षित गर्दै राज्यले अवश्य पनि उपयुक्त विकल्प दिनेछ भन्ने प्रतिक्षामा हामी छौं । अहिलेको जटिल परिस्थितिमा सबै खुसी र सन्तुष्टिपूर्वक सबै व्यवसायीहरु घरमा नै बसौं ।

अन्त्यमा,
अहिलेको अवस्थाले सृजना भएको आर्थिक नोक्सानीमा चिन्ता गरेर आफूलाई कमजोर बनाउनुभन्दा कुनै रचनात्मक कार्यमा आफूलाई संलग्न बनाएर खुसी रहन सम्पूर्ण व्यवसायीलाई म अनुरोध गर्दछु । साथै नयाँ बर्ष २०७७ ले व्यवसायी मित्रहरुको अलावा सम्पुर्ण नेपालीहरुमा खुसी, शान्ति र सुस्वास्थ्य ल्याउन सकोस् भन्ने कामना पनि गर्दछु । सबै सुरक्षित रहौं, मनोबल अभिवृद्धि गरौं । यसैमा नै हामी सबैको कल्याण हुनेछ ।
(व्यवसायी खुम सुवेदीसँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij