नेपाल वितरक संघ काठमाडौं अन्तरगत पश्चिम क्षेत्रीय समितिले आज सेनिटाइजर र हात धुने साबुन वितरण गरेको छ ।
कामनपा वडा नम्बर २६ को वडा कार्यालय, महानगरीय प्रहरी बृत्त बालाजु, महानगरीय प्रहरी बृत्त स्वयम्भू ,महानगरीय प्रहरी बृत्त कालिमाटी ,महानगरीय प्रहरी बृत्त सोह्र्खुट्टेका कार्यालय प्रमुखहरुलाई अलग–अलग भेटी ५ लिटर सेनिटाइजरको अलावा १ कार्टुन हात धुने साबुन स–सम्मान वितरण गरिएको नेपाल वितरक संघ केन्द्रीय कार्य समिति सदस्य लोकेश्वर मान जोशीले बताए ।
नेपाल वितरक संघ केन्द्रीय सदस्य जोशीले नेपाल वितरक संघ पश्चिम क्षेत्रीय संयोजक सुरेश ढुंगाना, उपसंयोजक केशव मैनाली तथा क्षेत्रीय सद्स्यहरु उमेश फुयाल, योगेन्द्र श्रेष्ठको रोहवरमा उक्त सहयोग सामाग्री उपलब्ध गराएका हुन् ।
यस विषम परिस्थितिमा पनि जनताको सेवामा निरन्तर सेवा प्रदान गरिरहन तयार कर्मचारीको उच्च मूल्यांकन गर्दै थप प्रोत्साहन जागरण गराउन र संक्रमण रोक्न सहज हुने उद्धेश्यले आफूहरुले सक्दो सहयोग उपलब्ध गराएको समेत जोशीले बताए ।
व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तगतको कार्यले आगामी दिनमा नेपाल वितरक संघका अन्य सदस्यहरुलाई समेत सामाजिक गतिविधिमा सरिक हुन थप प्रोत्साहन मिल्नेमा समेत जोशी आशावादी छन् । 
अब वितरक व्यवसायीहरु नाफाबाट मात्र प्रेरित भएर नभई सामाजिक व्यावसायिक दायित्वमा सक्रिय बन्दै आपसी साझेदारी र सहकार्यमा समेत अघी बढ्नुपर्ने आवश्यकता आफुहरुले पनि महसुस गरिसकेको समेत जोशीले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij