नेपालमा प्राङ्गारिक उत्पादनहरुलाई प्रवर्द्भन गर्ने मान्यता बमोजिम विगत केही बर्ष देखि हरेक बर्ष अर्गानिक वस्तुहरुको प्रदर्शनी मेला आयोजना गरिँदै आइएको छ ।
यस बर्ष सोही मेलाले निरन्तरता पाउने भएको छ ।
यस बर्ष चौथो संस्कारणको रुपमा आयाेजना हुन लागेकाे याे मेला मेला माघ १७ देखि २० गते सम्म ४ दिन सञ्चालित हुनेछ ।
पाटन दरबार क्षेत्रमा आयाेजना हुने उक्त मेलामा स्वदेशी बजारमा उत्पादन भएका चिया, तरकारी लगायतका खाद्य प्राङ्गारिक सामाग्रीहरु प्रदर्शनीको लागि समेटिने आयोजक संस्था अर्गानिक मञ्च नेपालकी महासचिव शान्ता बास्कोटा (कोइराला)ले बताउनुभयो ।
कञ्चनजङगा टि स्टेट एण्ड रिसर्च सेन्टरको निर्देशक समेत रहनुभएकी कोइरालाले अघिल्लो बर्ष आयोजना गरिएको प्रदर्शनी मेलामा घरेलु तथा साना उद्योग महासंघको समेत सहकार्य रहेको थियो ।
शुरुका दिनमा कञ्चनजङ्गा टि स्टेटको पहलमा अघी बढाइएको यो प्रयाशले छोटो अवधिमा नै उल्लेख्य सफलता हासिल गरिसकेको छ । प्राङ्गारिक वस्तुहरु बारे सर्वसाधारणलाई सुसुचित बनाउनुको अलावा प्राङ्गारिक वस्तुहरुको बजार प्रवद्र्धनमा समेत यस मेलाले निकै नै प्रभावकारी भूमिका निर्वाह गरेको छ । 
लामो समय देखि निजी कम्पनीको अगुवाइमा अघी बढेको यो कार्यक्रमले निरन्तरता पाइरहँदा नेपाल सरकार मातहतका निकायहरुले समेत उक्त प्रदर्शनी मेलालाई विशेष चासोको साथ लिँदै आएका छन् । तेस्रो बर्ष सम्म आइपुग्दा नेपाल सरकार मातहतका निकायले समेत कुनै संस्था मातहत मेला आयोजना भएको खण्डमा राज्य पक्ष समेत सहकार्यको लागि तयार रहेको बताएसँगै अहिले उक्त प्रदर्शनी अर्गानिक एसोसिएसन नेपाल र कञ्चनजंगा टि स्टेटको संयुक्त आयोजनामा सञ्चालन गरिनेछ ।
उक्त मेलाले नेपालीहरुलाई चियाको महत्व एवं प्रयोगका तरिकाहरु बुझाउनुको अलावा विभिन्न जिल्लाहरुमा उत्पादन भई अर्गानिक सर्टिफाइड प्रडक्टहरुको प्रवद्र्धनमा विशेष सहयोग पुर्याउनेछ ।
प्रदर्शनी मेलामा सहभागि हुने अवलोकनकर्ताहरुले प्राङ्गारिक भनेको के हो ? प्राङ्गारिक तवरले उत्पादन गर्न के–कस्ता कुराहरुमा विचार गर्नुपर्छ । यसका मापदण्डहरु के–के हुनुपर्छ ? भन्ने लगायतका कुराहरुमा समेत जानकारी पाउन सक्नेछन् । यसबाट कृषक, उपभोक्ता, व्यवसायी लगायतका विभिन्न वर्गहरु लाभान्वित हुन सक्ने आयोजक पक्षको अनुमान छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij