मंसिर २१ गते सुनसरिको इटहरिमा ग्रील तथा स्टील ब्यवसायी संघ सुनसरिको प्रथम साधारणसभा सम्पन्न भएकाे छ ।
साधारणसभाको उद्घाटन गर्दै प्रदेश सभासदले ग्रील तथा स्टील उध्योगमैत्री नीति नियम बनाउन सहयोग गर्ने र सबैलाइ ब्यवस्थित उध्योग सन्चालन गर्न आग्रह गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथी ग्रील तथा स्टील ब्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले अधिकांश ग्रील उध्योगीहरु कानुनी दायरामा आउन नसक्दा ब्यवसाय व्यवस्थित हुन नसकी सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा जान नसकेको र दर्ता भएका उध्योगिहरु र त्यसमा संलग्न अधिकांश श्रमिकहरुले सामाजिक सुरक्षा कोषको बारेमा जानकारी नहुँदा कोषमा सहभागी गराउन नसकिएकोले सचेतना कार्यक्रमलाइ व्यापक रुपमा सन्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुहुँदै सबै ग्रील तथा स्टील व्यवयिहरुले आफ्ना श्रमिकहरुलाइ ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ सम्बन्धी जानकारी गराइ काम गर्दा सुरक्षाका उपकरणहरु ( पन्जा, चस्मा, हेलमेट, सेफ्टी बेल्ट जुत्ताको अनिवार्य प्रयोग गराउन आग्रह गर्नु भएको थियो।
कार्यक्रमका सभापति सुनसरी जिल्ला अध्यक्ष बज्र सुब्बाले सरकारले ग्रील तथा स्टील उध्योगलाइ सहज किसिमले दर्ता गर्ने र अबैध उध्योगलाइ कानुनी दायरामा ल्याउने काममा सकृयता देखाउनु पर्ने बताउनुहुँदै ग्रील उध्योगमा देखियेको दक्ष जनशक्ती उत्पादनमा जोड दिन सरकारसँग आग्रह गर्नुभएको थियो ।
साथै उक्त साधारणसभाले सोभितमान कटुवालको अध्यक्षतामा २१ सदस्यिय नया कार्यसमिती समेत चयन गरेको छ ।

जस्मा अध्यक्ष सोभितमान कटुवाल वरिष्ठ उपाध्यक्ष नरनाथ पोख्रेल प्रथम उपाध्यक्ष कुलबहादुर निरौला उपाध्यक्षहरु दशरथ यादब , गंगासागर साह महासचिव कृष्ण प्रसाद लम्साल सचिव देवानन्द राई कोषाध्यक्ष गंगा श्रेष्ठ सहसचिब टंक प्रसाद पोख्रेल सहकोषाध्यक्ष सृजना भट्टराई लगायत २१ जना कार्यसमिती निर्बिरोध चयन गर्याे ।