काठमाडौं । नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्व सरकारको चर्को आलोचना गर्दै २१ महिनाका २१ असफलता कार्य सार्वजनिक गरेको छ ।
काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले नेकपा सरकारको २१ महिनामा गरेको गलत २१ बुँदा टिप्पणी गरेको हो ।
यसैगरी, कम्युनिस्ट सरकारको असफलता भन्दै काँग्रेसले २१ बुँदामा गरेको टिप्पणीमा उपनिर्वाचन अघि मतदाताले सरकारको २१ असफलतालाई केलाउन जरुरी रहेको बताएको छ ।
सरकारका २१ असफलता बुँदा
-राष्टियताको प्रश्नमा असफलता !
-संविधानप्रति अपनत्वको दायर विस्तारमा असफल!
-सत्ताको सैद्धान्तिक चरित्र निर्माणमै असफल!
-संघीयताका बाँकी काम पूरा गर्न असफल!
-कूटनीतिक मामिलामा अपरिपक्वता!
-विप्लव प्रकरण : असफलताको फरक पाठ!
-शान्ति सुरक्षा : निर्मला प्रकरमा हरायो सरकार!
-मूल्य वृद्धि : धरहरा लडेर हुनुपर्छ सगरमाथा उक्लियो मूल्य!
-वाइडवडीलगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ!
-बुढी गण्डकी : कम्युनिस्ट सरकारको राष्ट्रघात!
-मेलम्ची परियोजनामाथि खेलवाड!
– निजगढ एयरपोर्टको भविष्य अन्यौल!
– चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न!
-सरकारको नियतले असफल संवैधानिक परिषद!
– शब्दमा प्रेस स्वतन्त्रता व्यवहारमा नियन्त्रण!
-धर्मको प्रश्नमा होलीवाइन प्रकरण!
-गुठ विधेयक : जनशक्तिले झुकाएको सत्ता!
– सामाजिक सुरक्षा कोष : कम कसैको प्रचार कसैको!
-बालुवाटार काण्डमा लिलाम नैतिकता!
-कम्युनिस्ट पार्टी उकालो लाग्दा शेयर बजार ओरालो
-असहिष्णु अभिव्यक्ति : अराजनैतिक चरित्र !
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij