देभरीका च्याउ किसानहरु एक हौँ भन्ने नारा बोकेको च्याउ उत्पादक किसान संघ नेपालले च्याउ उत्पादनमा लागिरहेका २६ किसानहरुलाई सिप विकास केन्द्रद्धारा दिइने च्याउसम्बन्धि तालिमको प्रमाणपत्र तथा परिचयपत्र वितरण गरेको छ । ललितपुरको हरीसिद्धिमा आफ्नै कार्यालयको औपचारीक शुभारम्भ कार्यक्रममा अखिल किसान महासंघका पुर्व अध्यक्ष तथा च्याउ खेतीका अभियन्ता केशवलाल श्रेष्ठले च्याउ किसानहरुलाई उक्त प्रमाण पत्र तथा परीचयपत्र दिनुभएको हो ।

कार्यक्रममा बोल्दै श्रेष्ठले च्याउ उत्पादक किसानहरुका समस्याहरुलाई उठान गर्दै समाधानको प्रयास गर्ने र च्याउ खेतीको लागि आवश्यक प्रविधिहरु कच्चा पदार्थ तथा अन्य सामाग्रीहरुको ढुवानीमा किसानले भोग्दै आएका समस्यालाई पहल गर्ने प्रतिबद्धता गर्नुभयो ।
कार्यक्रममा बोल्दै च्याउ उत्पादक किसान संघ नेपालका अध्यक्ष पि.एन. अधिकारीले च्याउ किसानहरु एक जुट भएर लागेमा पक्कै पनि यस क्षेत्रले ठुलो फड्को मार्ने र किसानहरुलाई थप व्यवसायिक हुन टेवा पुग्ने कुरा सुझाउनुभयो भने च्याउ उत्पादक किसान संघ नेपालका सह अध्यक्ष चित्रराज तिमिल्सिनाले किसानलाई जबसम्म पहिलो नागरीकको दर्जाको रुपमा हेरिंदैन तबसम्म कृषि क्षेत्रले फड्को मार्न नसक्ने सुझाउनुभयो ।

कार्यक्रममा च्याउ उत्पादक किसान संघ नेपालका सातै प्रदेशका प्रतिनिधिहरु, कृषि तथा बजार व्यवस्थापन अभियन्ता रमेश तुफान, अखिल किसान महासंघका पुर्व अध्यक्ष बाबुराम थापा, च्याउ विज्ञहरु तथा कृषिमा पत्रकारिता गरीरहेका संचारकर्मीहरुको समेत उपस्थिति थियो ।
स्थानीय स्रोत–साधन र खेर गहिरहेको श्रम सिपको उपयोग गरी च्याउ उत्पादन गर्न सकिने हुँदा, बेरोजगार, अर्ध बेरोजगार तथा महिला सहभागिता अभिवृद्धि गराई स्थानीयस्तरमा नै स्वरोजगारका अवसर सिर्जना गर्न सकिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij