२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

बाेटल वाटर संघमा नयाँ नेतृत्व, दाेहाेरिए भण्डारी

बाेटल वाटर संघमा नयाँ नेतृत्व, दाेहाेरिए भण्डारी

नेपाल वाेटल वाटर उद्याेग संघकाे अधिवेशन मार्फत नयाँ कार्यसमिति निर्वाचन गरिएकाे छ ।

संघका साविकका अध्यक्ष सुवास भण्डारीकै नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिकाे वरिष्ठ उपाध्यक्ष कृष्णभाइ ज्याख्वा छन् । यसैगरी  उपाध्यक्षहरूमा अधुनाथ अधिकारी, विक्रम लिम्बु, पुष्प लाल श्रेष्ठ, साेम प्रसाद काप्री, नमराज अधिकारी, गाेकर्ण सिलवाल, हरि गिरी रहेका छन् भने महासचिवकाे भूमिकामा ध्रुव गाैतम छन् । यसैगरी काेषाध्यक्षमा श्री कुमार श्रेष्ठ चयन भएका छन् ।

संघकाे कार्यसमिति अन्तरगत किशाेर थापाले उपमहासचिव, प्रशान्त डंगाेलले सचिव र गंगा प्रसाद अागान्जले सहसचिवकाे भूमिका पाएका छन् ।

२५ सदस्यीय यस केन्द्रीय कार्यसमिति सामु व्यावसायिक हक, हित र अधिकारकाे अलावा पेशागत सुशासन तथा पानी उद्याेगकाे अन्तराष्ट्रिय प्रबर्धन एवं व्यवासयिक एकता र कार्यदक्षता अभिवृद्दि लगायतका  विभिन्न जिम्मेवारीहरू छन् । अघिल्लाे कार्यकालमा विभिन्न महत्वपूर्ण गतिविधिहरू सम्पन्न गरेका र राम्राे पहिचान दिलाउन सफल रहेकै कारण सुवास भण्डारी यस पटक पनि अध्यक्षकाे भूमिकामा नै दाेहाेरिएका हुन् ।

 

Chat Con

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij