नुवाकोट सुर्यगडि घरभई लोक गीत संगीतमा सक्रिय गायक बि आर समिर घलानको मेरो भाग्य कस्तो गीतको म्युजिक भिडियो मामा भन्जा अन्लाइन युटुबमार्फत सार्वजनिक भएको छ ।

गीतमा स्वरमा समिर घलान र अर्चना स्यङ्तानको छ भने गितको शब्द रिफुला घलानको रहेको छ l नेपाली लोक गीत संगीत जगेर्ना गर्ने जमर्कोका साथ माया प्रितीका भावहरु समेटिएको अन्य लोक दोहारी गीतको अपार सफलतापछि म्युजिक भिडियो आफ्ना श्रोताहरू माझ ल्याएको गायक घलानले बताएका छन् ।
मामाभान्जा अनलाईन टिभीले उत्पादन गरेको भिडियोको निर्देशन सगम थापाले गरेका छन् । भिडियोको छायाङ्कन अशोक कार्की, सम्पादन दिप सागरले गरेका छन् । भिडियोमा गायक समिर स्वयं र रोजिना अभिनय गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij