आगामी हरितालिका तीज लछित गरेर महिलाका वेदना र माईतीको सम्झनालाई समेटेर नेपाली लोक गीत संगीतका सर्जक गायक तथा निर्देशक नारायण रायमाझीको मौलिक तीज गीत ‘हे मेरी आमा ‘ बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीतमा देवी घर्तीले स्वर भरेका छन् । गीतको शब्द रचना रमेश बिजीले गरेका हुन् । लय संगीत नारायण रायमाझी र बिरही कान्छाको रहेको छ । एरेन्ज बि.बि. अनुरागीको रहेको गीतलाई छायांकन/सम्पादन/कलर मिराज अर्यालले गरेका छन् ।
नेपाली लोक गीत संगीतका सर्जक नारायण रायमाझीले यसअघि पनि धेरै नेपाली मौलिक लोक गीतहरु सार्वजनिक गरिसकेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij