तारकेश्वरको शेषमतीपुलबाट सञ्चालन हुँदै आएको एभरेष्ट किड्स स्कुलको बार्षिक अभिभावक दिवस तथा पुरष्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
तारकेश्वर नगर शिक्षा शाखाका उपसचिव सुरेश कुमार जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मञ्तव्य विद्यालयका सञ्चालक विष्णु प्रसाद सुवेदीले स्वागत मञ्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि जोशीले विद्यालयलाई प्रगतिपथमा अघी बढ्नको लागि शुभेच्क्षा प्रकट गर्नुभयो ।
सोही कार्यक्रममा तारकेश्वर नगरपालिका शिक्षा शाखाका श्रोत व्यक्ति रामेश्वर पौडेल विशिष्ट अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा धारणा राख्ने क्रममा पौडेलले अबका दिनमा शैक्षिक संस्थाहरु औपचारिक शिक्षामा मात्र केन्द्रित नभई चरित्र विकास र नैतिक शिक्षामा केन्द्रित हुनुपर्नेमा समेत जोड दिनुभएको छ । अभिभावकहरुले समेत आफ्ना बालबालिकालाई विद्यालयको भरमा मात्र नछोडी उनीहरुमा राम्रा बानीहरुको विकास गर्न र प्रविधिको आवश्यक मात्रामा मात्र उपयोग गर्ने बारेमा सचेत रहनुपर्नेमा ध्यानाकर्षित गराउनुभएको छ ।
कार्यक्रममा कृषाङ्ग सहकारीका अध्यक्ष केदार अधिकारी, जीवनज्योति स्कुलका भाइस प्रिन्सिपल अवसर पौडेल, राजधानी कलेजका कोर्डिनेटर राज कुमार फुयाँल, तारकेश्वर शैक्षिक मञ्चका अध्यक्ष शिवहरी लामिछाने, नवपुस्ता सहकारीका अध्यक्ष शिव प्रसाद कोइराला, सेतोघर डट कमका प्रधान सम्पादक कमल पन्थी लगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रमको अवसरमा नवपुस्ता सहकारीका अध्यक्ष शिव प्रसाद कोइरालाले विद्यालयका दृष्टिविहीन अभिभावक राजेन्द्र रुम्बालाई आर्थिक सहयोग समेत उपलब्ध गराउनुभएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरुको माध्यमबाट आफ्नो क्षमता प्रस्तुत गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij