२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

वामदेव भन्छन्, कास्कीमा रवीन्द्रकै परिवारलाई उम्मेदवार बनाउनुपर्छ

वामदेव भन्छन्, कास्कीमा रवीन्द्रकै परिवारलाई उम्मेदवार बनाउनुपर्छ

काठमाडौं । नेकपाका नेता वामदेव गौतमले कास्की स्थित रविन्द्र अधिकारी निर्वाचित भएकाे क्षेत्रबाट अधिकारीकै परिवारका सदस्यलाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् । साथै आफू उक्त क्षेत्रमा हुने उपनिर्वाचनमा स‌लग्न नहुने समेत बताएका छन् ।

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका रवीन्द्र अधिकारीको अन्त्यष्टिमा नेता गौतम सहभागी भएपछि कास्कीबाट उपनिर्वाचन लड्ने मनसायले उनी सहभागी भएको प्रचारमा ल्याइएको थियो । लगत्तै गौतमले  गौतमले त्यसको खण्डन गर्दै आफू उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन् । गौतमले हुँदै नभएका निराधार कुरा प्रचारमा ल्याइएको भन्दै चित्त दुखाएका छन् ।

‘यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षड्यन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचार मात्र हो’, गौतमले शनिबार फेसबुकमा लेखेका छन्, ‘मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइनँ । जीवनभर दिने पनि छैन ।’

पार्टीले उम्मेदवार बनाए पनि आफू अधिकारीको निर्वाचन क्षेत्रबाट उम्मेदवार नबन्ने गौतमले प्रष्ट पारेका छन् । बरु उक्त निर्वाचन क्षेत्रमा अधिकारीकै परिवारका सदस्यलाई उम्मेदवार बनाउनु पर्ने गौतमको भनाइ छ ।

‘मेरो इच्छाविपरीत पार्टीले निर्णय गरेछ भने पनि म कमरेड रवीन्द्रको दुःखद् निधनवाट खाली भएको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने छैन । मेरो सम्पूर्ण प्रयत्न स्व.क.रवीन्द्रको परिवारका सदस्यलाई नै उमेदवार बनाउनेमा लगाउने छु ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij