२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सेयर बजारको अहिलेको अवस्था, अवसर र चुनौती

सेयर बजारको अहिलेको अवस्था, अवसर र चुनौती

पुस्कर बस्नेत

सेयर बजारमा विभिन्न कम्पनीको सेयर मूल्य निरन्तर रूपमा घट्ने र बढ्ने प्रक्रिया भइ नै रहन्छ । यो नियमित प्रक्रिया हो । नेपालमा मात्र होइन, संसारको जुनसुकै कुन काप्चामा पनि पुँजी बजार घट्ने-बढ्ने प्रक्रिया उस्तै हो । लगानीकर्ताले छिटो प्रतिफल पाउनका लागि जोखिम मोलेर सेयर बजारमा लगानी गरेका हुन्छन् ।
सेयर बजार कुन बिन्दुसम्म घट्छ ? अथवा न्यूनतम बिन्दु कुन हो ? भनेर यकिन तथ्याङ्क त दिन सकिँदैन, तर पनि राजनीतिक, आर्थिक र प्राकृतिकका साथै अन्य विविध कारणले सेयर बजारलाई नकारात्मक तथा सकारात्मक दबै असर र अवसर प्रदान गरिरहेको हुन्छ ।

विगत वर्षहरूको तुलनामा गएका दुई वर्ष सेयरबजारमा सकारात्मकभन्दा नकारात्मक असर बढी देखिन्छ । त्यसैले निरन्तर रूपमा सेयर बजार ओरालो लागेको लाग्यै छ । विगत केही समयदेखि निरन्तर रूपमा घट्दै गइरहेको सेयर बजारले लगानीकर्ताहरूलाई हतोत्साही बनाएको छ । सेयर बजार निरन्तर ओरालो लाग्नाले लगानीकर्ताहरू धेरै नै चिन्तित देखिन्छन् । वास्तवमा भन्ने हो भने धैर्य गर्न सक्ने लगानीकर्ताहरू ‘पर्ख र हेर’ को रणनीतिक अवस्थामा देखिन्छन् । धैर्य गर्न नसक्ने लगानीकर्ताहरू घाटामा नै भए पनि बेचेर लगानीलाई सुरक्षित गर्न खोजिरहेका देखिन्छन् ।
राजनीतिक स्थिरता कायम हुने समयमा १,८८१ विन्दुसम्म उकालो लागेको सेयर बजार अहिलेसम्म उकालो लाग्न सकेको छैन । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सामान्य अंकले बढेको सेयर बजार अहिलेसम्म गति लिन सकेको छैन । के कारणले गर्दा यस्तो भयो भनेर एउटा समीक्षाको विषय बन्न सक्छ, तर यो खालका हरेक विषयवस्तुमा विभिन्न खालका आर्थिक कारोवार गर्ने विभिन्न खालका गिरोहहरुको संञ्जाल रहने कुरा अर्थविद्हरु बताउदछन् ।
त्यसपछि अर्थमन्त्री बनेका डा.युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक र बबलको संज्ञा दिएपछि बजारलाई उक्सनुको सट्टा अझै डामोडोल भएर गयो । गत महिना सरकार उच्च स्तरीय समिति गठन गरेर सेयर बजारका वारेमा अध्ययन अनुसन्धान गरेपनि बजार फस्टाउन भने सकेको छैन ।

सेयर बजारमा धैर्यको खाँचो आवश्यक हुन्छ । धैर्य रहन नसक्ने लगानीकर्ताहरू यहाँ बाट विस्थापित हुने गर्छन् । त्यसैले सेयर बजारलाई धैर्यको खेलभन्दा पनि हुन्छ । छोटो समयमा धेरै नाफा गर्ने भनी लगानी गर्ने लगानीकर्ताहरूमा धैर्य गर्न सक्ने क्षमता हुँदैन । लगानीकर्तामा जोखिम वहन गर्न सक्ने क्षमता हुन पनि आवश्यक छ ।

यसरी सेयर बजारमा भएको निरन्तर गिरावटले लगानीकर्ताहरूमा निराशा बढिरहेको छ । सरकारले पूर्णता पाएसँगै, राजनीतिक स्थिरता भएसंगै र अर्थतन्त्रसंग अत्यन्तै राम्रो जानकार राख्ने अर्थमन्त्री भएपछि त पक्कै सेयर बजार उकालो लाग्ला भनी सोचिरहेका लगानीकर्ताहरू गालामा हात लाएर बस्न बाध्य भएका छन् ।
सेयर बजारमा पहिलेदेखि नै लगानी गरिरहेका लगानीकर्ताहरू यसरी निरन्तर घटिरहेको सेयर बजारबाट अवश्य नै दुःखी भएका छन् । आफूले किनेको कम्पनीको मूल्य दिन प्रतिदिन घट्दा आर्थिक मात्र नभई मानसिक दबाबसमेत दिन प्रतिदिन बढिरहनु स्वाभाविक नै हो । आफूले सेयर बजारमा लगानी गरेको क्षेत्रको अथवा कम्पनीको मूल्य जब घट्छ चिन्ता बढ्छ नै । के यस्तो प्रक्रियाले सेयर बजार उकालो लाग्ला ?

ओरालो लागिरहेको सेयर बजार कुन बिन्दुबाट उकालो लाग्ला भन्न सकिने अवस्था छैन । पुराना लगानीकर्ताहरूका लागि यस्तो घट्दो सेयर बजार चुनौतीका रूपमा खडा भएको छ । यसरी घट्दै गएको सेयर बजारले पुराना लगानीकर्ताहरूलाई ‘एउटा गीत छ ‘अहिले गाउ कि भरे गाउँ’ भन्ने नेपाली उखान चरितार्थ भएको छ । आफुले लगानी गरेको कम्पनीको मूल्य दिन–प्रतिदिन घट्दै जानाले धैर्य गर्न नसक्ने लगानीकर्ताहरू राखूँ कि बेचूँ भन्ने अवस्थामा रहेका छन् ।

घट्दो सेयर बजारबाट अत्तालिएकाहरू सेयर घाटा खाएरै भए पनि बिक्री गरी सम्पत्तिको सुरक्षा गर्नेतर्फ लागेका छन् । जो धैर्यवान् छन, उनीहरू सेयर बजार अवश्य बढ्छ भन्ने विश्वासका साथ ढुक्कसँग पर्खिरहेका छन ।
यसरी घट्दो सेयर बजारमा ढुक्कसंग बस्ने धैर्यवान लगानीकर्ताभन्दा घट्दो सेयर बजारबाट अत्तालिएका लगानीकर्ता ज्यादा हुनाले माग र पूर्तिको बेमेलबाट सेयर बजार दिन–प्रतिदिन घट्दै गएको देखिन्छ । सेयर बजारमा मागभन्दा आपूर्ति ज्यादा भएकाले कम्पनीको मूल्यमा गिरावट आएको देखिन्छ ।

सेयर बजारमा धैर्यको खाँचो आवश्यक हुन्छ । धैर्य रहन नसक्ने लगानीकर्ताहरू यहाँ बाट विस्थापित हुने गर्छन् । त्यसैले सेयर बजारलाई धैर्यको खेलभन्दा पनि हुन्छ । छोटो समयमा धेरै नाफा गर्ने भनी लगानी गर्ने लगानीकर्ताहरूमा धैर्य गर्न सक्ने क्षमता हुँदैन । लगानीकर्तामा जोखिम वहन गर्न सक्ने क्षमता हुन पनि आवश्यक छ । जोखिम वहन गर्न नसक्ने व्यक्ति वा समूह लगानीकर्ता हुन सक्दैन । अर्को शब्दमा भन्ने हो भने लगानीकर्तामा जोखिम गर्ने क्षमता हुनुपर्छ । फाइदा त व्यापारीले मात्र हेर्ने हो, तर जोखिम त लगानीकर्ताले नै वहन गर्ने हो । ‘हतार गरे भन्न सकिन्न, ढिलो गरे अवश्य पुगिन्छ’ भनेझैं धैर्य नगुमाए अवश्य पनि सेयर बजारबाट घाटा नहोला । त्यसैले लगानीकर्ताहरूमा धैर्य हुनु आवश्यक छ ।

कुनै पनि सामानको जति ग्राहक बढ्छन,् त्यति नै मूल्य बढ्छ अर्थात् जति माग बढ्छ त्यसको मूल्य पनि अवश्य नै बढ्छ । माग बढ्नु भनेको मूल्य पनि बढ्नु हो । त्यस्तै सेयर बजारमा पनि लगानीकर्ता बढे भने सेयर बजारको मूल्य पनि अवश्य नै बढ्नेछ अथवा ओरालो लागेको सेयर बजार अवश्य पनि उकालो लाग्नेछ ।
१८ सय भन्दा बढी अंकमा पुगेको सेयर बजार लगभग १२ सय अंकमा झर्नुले अथवा ६ सय भन्दा बढी अंकले घट्नाले पुराना लगानीकर्ताहरूका लागि दुःखको कुरा भए पनि नयाँ प्रवेश गर्न चाहने लगानीकर्ताका लागि भने सेयर बजारमा प्रवेश गर्ने एउटा सुखद समय हो ।

घट्दो सेयर बजार नयाँ प्रवेश गर्ने लगानीकर्ताहरूका लागि अवसर हुन सक्छ । कुन बिन्दुसम्म घट्छ अथवा न्यूनतम बिन्दु यति नै हो भन्न नसकिए पनि घट्दो सेयर बजारले नयाँ लगानीकर्ता अथवा सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरूका लागि भने उत्तम समय हो, तर लगानी गर्नुभन्दा पहिला सेयर बजारको क्षेत्रमा पर्याप्त ज्ञान हुनु आवश्यक छ ।

सेयर बजारमा प्रवेश गर्नुभन्दा पहिला नेपाल धितोपत्र बोर्डमा सूचित भएका कम्पनीहरूका बारेमा भने पर्याप्त ज्ञान हुनु आवश्यक छ । हचुवाको भरमा कम्पनी छनौट गर्नुभन्दा आफूले सेयर खरिद गर्ने कम्पनीहरूका बारेमा आवश्यक जानकारी राखेमा भोलि हुन सक्ने जोखिमलाई अवश्य पनि न्यूनीकरण गर्न सकिन्छ ।
यद्यपी कम्पनीसम्बन्धी पर्याप्त ज्ञान हासिल गरी लगानी गरे भविष्यमा पछुताउनु नपर्ला भन्न सकिन्छ । बढ्दो सेयर बजारभन्दा घट्दो सेयर बजार नै नयाँ लगानीकर्ताहरूका लागि उपयुक्त अवसर हुन आउँछ, जसबाट उनीहरूले थोरै पुँजीबाट सेयर बजारमा प्रवेश गरी अधिकतम फाइदा लिन सक्छन् ।

बजार बढिरहँदा ‘अझै बढ्छ, यो यो कम्पनीहरु किन्नुहोस्’ भन्नेहरु धेरै भेटिन्छन् । घट्दाखेरि त्यसैगरी ‘सबै बेच्नुहोस्, अझै घट्छ’ भनेर हल्ला गर्नेहरु सक्रिय रहन्छन् । नेप्सेको प्रवृति जता जान्छ, मनोबल पनि त्यसरी नै विकास हुन्छ । बढेको बजारमा अझै बढ्छ र घटेको बजारमा अझै घट्छ भन्ने मनोवलमा अधिकांश लगानीकर्ता रुमल्लिएका हुन्छन् । बजार छिरिसकेपछि तपाईले बढ्दा र घट्दा दुवै अवसरको फाइदा लिन सक्नुपर्छ ।
विगतका घटनाक्रम, अन्तर्राष्ट्रिय अभ्यास र केही विज्ञहरुसित परामर्श गरेका आधारमा लगानीकर्ताका लागि तयार पारिएको आधारभूत टिप्सहरू छन्, जसले जोखिम लगानीकर्ताले जोखिम न्यूनीकरण गर्न र लगानीबाट नाफा लिन सक्छन् ।

सेयर खरिद गर्ने कम्पनीको वित्तीय स्थिति कस्तो छ ?
मोटामोटी रुपमा तपाईले किन्ने कम्पनीको वित्तीय स्थिति जानकारी हुनैपर्छ । कम्पनीहरुले प्रत्येक साउन, कात्तिक, माघ र वैशाख महिनामा कुनै एउटा राष्ट्रिय दैनिक पत्रिकामा वित्तीय विवरण प्रकाशन गर्दछन्। साथै आफ्नो वेबसाइटमा पनि त्यो विवरण राखेका हुन्छन् ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)ले भविष्यमा उसले दिन सक्ने प्रतिफल क्षमतालाई प्रष्ट्याउँछ । सकेसम्म धेरै प्रतिसेयर आम्दानी भएका कम्पनीको सेयर किन्नु राम्रो हुन्छ । वाणिज्य बैंकहरुको हकमा ईपीएस १६–२० सम्मलाई प्रतिकित्ता ४ सयभन्दा कम, २०–२५ सम्मलाई ५ सयभन्दा कम, २५–३० सम्मलाई ६ सयभन्दा कम हाल्न सकिन्छ । यसले मूल्य आम्दानी अनुपात सन्तुलनमा राख्न सक्छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) बजार मूल्य र प्रतिसेयर आम्दानीको अनुपातलाई मूल्य आम्दानी अनुपातले केलाउँछ । बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेपछि यो अनुपात निस्कन्छ । यदी यसको अंक २५ छ भने एक रुपैयाँ कमाई गर्नका लागि २५ रुपैयाँ लगानी परेको छ भनेर सम्झनु पर्दछ । यस्तो अनुपात जति कम त्यति राम्रो मानिन्छ । वाणिज्य बैंकहरुको हकमा २५ भन्दा कम हुनु राम्रो मानिन्छ ।
जगेडा कोष (रिजर्भ) जगेडा कोषमा रकम धेरै हुनु राम्रो हो । यसले भोलि तपाईलाई सेयर बोनस दिन सक्ने क्षमता धेरै रहेको जनाउँछ । नगदभन्दा सेयर बोनसतर्फ नै लगानीकर्ताले बढी प्राथमिकता दिएका हुन्छन् । साथै भइपरी आउने नोक्सानीलाई व्यवस्थापन गर्न पनि यो कोष मजबुत हुनु जरुरी हुन्छ ।

जहिले पनि नगदभन्दा बोनस सेयर दिने कम्पनीलाई लगानीकर्ताले रुचाएको पाइन्छ । वर्षे्नि लाभांश दिइरहेको, त्यसमा पनि बोनस सेयर दिइरहेको कम्पनी छान्नु पर्छ । कम्पनीहरुको वेबसाइटमा त्यस्ता सूचनाहरु संग्रह पनि गरिएका हुन्छन्। विदेशी लगानीका कम्पनीहरुले बोनसभन्दा नगद लाभांश वितरणमा बढी जोड दिन्छन् । तिबाहेक नेपाल टेलिकम पनि नगद लाभांश मात्रै दिने कम्पनी हो ।
सूचकहरू उपयुक्त भएर मात्रै पुग्दैन । वर्षेनी कम्पनीको बिजनेसमा प्रगति देखिएको हुनुपर्यो । प्रतिस्पर्धात्मक यो समयमा बिजनेस बढ्न नसकेको खण्डमा भोलि मूल्यमा सीधै असर पर्दछ । बैंकहरुको हकमा कुल व्याज आम्दानी, बिमा कम्पनीहरुको हकमा बिमा शुल्क, जलविद्युत् तथा उत्पादन कम्पनीको हकमा बिक्री आम्दानीलाई पहिलेकोसँग तुलना गर्नुपर्छ ।
नाफा, प्रतिसेयर आम्दानी, जगेडा कोषको आकार बढ्दै गएको हुनुपर्छ । लगानीकर्तालाई दिने गरेको लाभांशको दर पनि बढ्दै गएको हुनुपर्छ । यदी घटेको खण्डमा त्यसको कारण र आगामी दिनमा हुने प्रभावलाई पनि केलाउन त्यति गाह्रो पर्दैन । त्यसकारण वित्तीय विवरण हेर्दा एक वर्षअघिको स्थितिलाई पनि समीक्षा गर्न पर्छ ।
कम्पनीको विगत एक वर्षको बजार मूल्य पनि केलाउन पनि सेयर खरिदका लागि अति नै आवश्यक छ । विगतमा कतिसम्म मूल्य पुगेको थियो र हाल किन्न लागेको मूल्य कति सस्तो वा महँगो हो भन्ने कुरालाई एक वर्षको ट्रेण्डले पनि स्पष्ट पार्छ ।
सेयर किन्न मंसिर पुसमा उत्तम ः
नयाँ लगानीकर्ता असार साउनमा बजारमा बढी प्रवेश गर्ने गरेको ब्रोकर कम्पनीहरु बताउँछन् । यतिबेला विभिन्न कम्पनीहरुको नाफा बाहिरिने, बजारमा सकारात्मक समाचार धेरै हुने हुँदा त्यस्तो प्रभाव परेको हो। तर अनुभवीले पहिले नै यस्ता कुराको अनुमान गरी यतिबेला किन्नभन्दा बेच्नलाई जोड दिएका हुन्छन् ।
त्यसकारण नयाँ लगानीकर्ता बजार छिर्नका लागि मंसिर तथा पुस महिना उपयुक्त हो। विगत हेर्ने हो भने पनि अधिकांश वर्ष मंसिर र पुसमा सेयर मूल्य घटेको हुन्छ भने चैत वैशाखदेखि बढ्न सुरु हुने कुरा सेयर बजारका विश्लेषकहरु बताउदछन् । ।

गत आर्थिक वर्षलाई हेर्दा पुसका अन्तिम दिनमा सबैजसो कम्पनीको मूल्य एक वर्षकै न्यून छ। साउन र भदौमा नेप्से उच्च अंकमा पुगेको देखिन्छ, २०७३ साउन १२ गते सबैभन्दा उच्च १८८१ अंक पुगेको थियो । यस्तो बेला बजार प्रवेश गर्नु जोखिम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij