२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

व्यवस्थित बन्दै गएको इन्जिनियरिङ धितो मुल्याङ्कन व्यवसाय

व्यवस्थित बन्दै गएको इन्जिनियरिङ धितो मुल्याङ्कन व्यवसाय

ई. सञ्जय महतो, उपाध्यक्ष, नेपाल भ्यालुएर्स एसोसिएसन

सिरहाको गोलबजारका स्थायी बासिन्दा महतो पोखरामा जन्मिनुभएको हो । बुबाको जागिरको कारण विभिन्न ठाऊँमा घुम्दै उहाँले अध्ययन गर्नुपर्ने अवस्था थियो । यसकारण मैले आधा दर्जन भन्दा बढी विद्यालयबाट अध्ययन गरेर विद्यालय तहको अध्ययन पूरा गर्नुभयाे  । साथै जनकपुरबाट आइ.एस्सी र पोखरा विश्वविद्यालयबाट वि.ई तहको अध्ययन पूरा गर्नुभएको हो ।

धितो मूल्याङ्कन क्षेत्रको महत्व :
नेपालमा घर तथा सम्पत्तिको मूल्याङ्कन गर्ने कार्य निकै पहिले देखि नै चल्दै आएको हो । विगतमा यस क्षेत्रको दायरा साँघुरो थियो भने अहिले यस क्षेत्रको दायरा फराकिलो भएको छ । साथै मूल्याङ्कनकर्ताको कार्यक्षेत्र समेत विस्तार हुँदै गएको छ । अहिले यस क्षेत्रमा काम गर्दै आएका व्यवसायीहरुको अवस्था राम्रो छ । यद्यपि यो व्यवसाय आफैंमा निकै नै जोखिमपूर्ण व्यवसाय समेत हो ।

मूल्याङ्कनकर्ताहरु संगठित हुने प्रयाश :
भारतमा करिब १ शतक देखि नै मूल्याङ्कनकर्ता व्यवसायीहरु आपसमा सङ्गठित हुने अभ्यास शुरु भएपनि नेपालमा भने व्यवसायीहरु सङ्गठित भएको अझै १ दशक पनि भएको छैन । यो प्रशङ्ग हाम्रो बार्षिक कार्यक्रममा अतिथिको रुपमा उपस्थित गभर्नरज्यूले समेत उठाउनुभएको थियो । वास्तवमा यस क्षेत्रले बैंकिङ क्षेत्रलाई चलायमान बनाउने क्रममा कर्जा प्रवाह गर्नको निम्ति निकै महत्वपूर्ण सहयोग उपलब्ध गराउँदै आएको छ ।

 संस्था स्थापना गर्ने समयमा नक्कली कागजपत्रको आधारमा व्यवसायीहरुलाई फसाइने प्रचलनले हामी हैरान थियौं । यस किसिमको अवस्थाको विरुद्ध आवाज उठाउन र यस क्षेत्रलाई स्वस्थ र व्यवस्थित बनाउँदै लैजानुपर्छ भन्ने मान्यता राखेर हामी अघी बढेका हौं । अहिले हामीले यस क्षेत्रमा आवद्ध व्यवसायीहरुलाई आवश्यक प्रशिक्षणमूलक कार्यक्रमहरु सञ्चालन गर्ने, बैंक र वित्तीय संस्थाहरुबीच आपसी समन्वय कायम गर्ने लगायतका योजनाहरु सहित हामी अघी बढेको कारण अहिलेको अवस्थामा आउन सफल छौं ।

नेपाल भ्यालुयर्स एसोसिएसन :
यो संस्था वि.सं २०६८ मा स्थापना भएको हो । त्यस समयमा यस संस्थामा ७ जना इन्जिनियरहरु मात्र संलग्न थियौं । तर अहिले भने यसको सञ्जाल निकै नै विस्तार भएको छ । साथै यस क्षेत्रको अवस्था सुधार हुँदै गएको कारण हामीलाई अहिले यस क्षेत्रमा रहेर काम गर्न निकै सहज समेत छ । यद्यपि अहिले पनि कतिपय व्यक्तिको जग्गा मूल्याङ्कन गर्दा विभिन्न समस्या समेत सृजना हुन सक्ने अवस्था रहन्छ । जग्गा मूल्याङ्कनको क्रममा एक व्यक्तिको जग्गा अर्कोलाई देखाउने अवस्था समेत छ । यस्ता कुरामा सम्भव भएसम्म हामी मूल्याङ्कनकर्ता सचेत बन्नु जरुरी छ ।

व्यवसायमा आएको परिवर्तन :
नेपालमा म यस व्यवसायमा विगत १३ बर्ष देखि संलग्न छु । यस क्रममा यो व्यवसायमा निकै नै परिवर्तन आएको छ । विगतमा म यस क्षेत्रमा प्रवेश गर्दा यस क्षेत्रको बारेमा प्राविधिक तथा व्यावहारिक ज्ञान लिन सक्ने आधारहरु न्यून थिए । तर अहिले भने यस क्षेत्रलाई नीतिगत दायरामा ल्याई निश्चित पद्धतिको आधारमा अघी बढाउनको लागि पहल भइरहेको छ । मूल्याङ्कनका विभिन्न अवधारणाहरु विकास भएका छन् ।

भ्यालुयर्स एसोसिएसनको अवधारणा :
हामीले यस संस्थाको अवधारणा अघी बढाउँदा यस क्षेत्रमा काम गर्ने व्यवसायीहरुका विभिन्न बाध्यताहरु थिए । यस क्षेत्रमा रहेर काम गर्न स्पष्ट नीति समेत थिएन । कस्तो काम गर्न हुने, कस्तो गर्न नहुने ? भन्ने लगायतमा समेत हामीलाई जानकारी थिएन । त्यस्तो अवस्थामा हामीले यो संघको परिकल्पना गरेका हौं । एसोसिएसन यस क्षेत्रमा आवद्ध सबै व्यवसायीहरुको हक, हित र अधिकारको लागि सामुहिक पहलमा काम गर्नुपर्छ भन्ने मान्यता सहित यो संघ अघी बढेको हो ।

संघबाट सामुहिक आवाज उठाउन सहज :
संस्था स्थापना गर्ने समयमा नक्कली कागजपत्रको आधारमा व्यवसायीहरुलाई फसाइने प्रचलनले हामी हैरान थियौं । यस किसिमको अवस्थाको विरुद्ध आवाज उठाउन र यस क्षेत्रलाई स्वस्थ र व्यवस्थित बनाउँदै लैजानुपर्छ भन्ने मान्यता राखेर हामी अघी बढेका हौं । अहिले हामीले यस क्षेत्रमा आवद्ध व्यवसायीहरुलाई आवश्यक प्रशिक्षणमूलक कार्यक्रमहरु सञ्चालन गर्ने, बैंक र वित्तीय संस्थाहरुबीच आपसी समन्वय कायम गर्ने लगायतका योजनाहरु सहित हामी अघी बढेको कारण अहिलेको अवस्थामा आउन सफल छौं । हामीले जुन उद्धेश्यको साथ संस्थाको परिकल्पना गरेका थियौं । त्यसबमोजिम हाम्रा गतिविधिहरु अघी बढाउन सफल भएका छौं । यद्यपि संघमा सदस्यता विस्तारको निम्ति हामीले थप पहल गर्नु जरुरी छ । अहिले हाम्रो यस संस्थामा ४ सय भन्दा बढी सदस्यहरु आवद्ध छन् ।

संघको उद्धेश्य :
यो संघ व्यवसायीहरुले स्वस्थ तवरले नै काम गर्न सकुन् भन्ने मान्यता लिएर अघी बढेको छ । राम्रो तवरले काम गर्ने व्यक्तिहरुलाई प्रोत्साहन र गलत काम गर्नेलाई दण्डसजायको व्यवस्था हुनुपर्छ भन्ने हाम्रो संघको मान्यता छ । राम्रो नियतले नै व्यवसायीले काम गर्दागर्दै र राम्रो तवरले नै व्यवसायलाई अघी बढाइरहँदा पनि विभिन्न किसिमका समस्याहरु आउन सक्ने अवस्थामा उक्त समस्यालाई राम्रो तवरले अध्ययन गरी त्यससँग सम्बन्धित विभिन्न पक्षहरु मध्ये कुन पक्षको कस्तो संलग्नता छ भन्ने सम्बन्धमा अध्ययन भई सोही बमोजिम आवश्यक कारवाही प्रक्रिया अघी बढाउनुपर्छ भन्ने मान्यतामा संघ छ ।

मूल्याङ्कनकर्ता सचेत रहनुपर्छ :
ग्राहकहरुले आफ्नो सम्पत्तिको उच्च मूल्याङ्कन हुन सकोस् भन्ने मान्यता सहित हामी मूल्याङ्ककर्ताहरुलाई आग्रह गर्ने अवस्था अहिले पनि कायम छ । यसरी ग्राहकको आग्रह बमोजिम प्रलोभनमा परेर मूल्याङ्कनकर्ताले उक्त सम्पत्तिको उच्च मूल्याङ्कन गर्ने हो भने यसबाट समस्या सृजना हुने सम्भावना अधिक रहन्छ । यसबाट सम्बन्धित ग्राहकको अलावा मूल्याङ्कर्ता समेत फस्न सक्ने सम्भावना उच्च रहन्छ । कतिपय ग्राहकहरुले नियतवश नै मूल्याङ्कनकर्तालाई अप्ठ्यारो पर्ने गरी काम गर्न सक्नेतर्फ समेत हामी पहिले नै सतर्क रहनु जरुरी रहन्छ ।

आफ्नै व्यवसायको रुपमा नेपाल डेभलपमेन्ट कन्सल्ट्यान्ट :
मेरो बुबा पनि इन्जिनियर नै हुनुहुन्थ्यो । मैले ऊहाँको जागिरे जीवनलाई समेत मैले नजिकबाट बुझ्ने अवसर पाएको थिएँ । त्यसैकारण म भने आफ्नै कार्य गर्नुपर्छ भन्ने मान्यताले मैले यो कम्पनी स्थापना गरेको हुँ ।

सफलताका लागि आवश्यक पर्ने तत्वहरु :
म नेपालमा नै रहेर काम गर्नुपर्छ भन्ने मान्यताले अघी बढिरहँदा कुनै पनि क्षेत्रमा सफलता पाउन मेहनत, शिक्षा, इमान्दारिता र भाग्यको संयोग हुनुपर्छ भन्ने सिकेको छु ।

‘पसिना’ नामक चलचित्र समेत रिलिज गर्दै महतो :
म र मेरो साथी निश्चल सर्मा अध्ययन गर्ने समय देखि नै नेपालमा नै रहेर काम गर्नुपर्छ भन्नेमा प्रतिवद्ध थियौं । अहिले हामीले नेपाली युवाहरुलाई नेपालमा नै रहेर केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने विषयवस्तुलाई समेटेर प्रोत्साहनमूलक ‘पसिना’ नामक चलचित्र समेत निर्माण गरेका छौं । उक्त चलचित्र बैशाखमा रिलिज हुँदैछ ।

आगामी योजना :
नेपालमा आफूले सञ्चालन गर्दै आएको कम्पनीलाई राम्रो तवरले सञ्चालन गर्ने, मूल्याङ्कन क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने साथै चलचित्र क्षेत्र मार्फत समेत अघी बढ्ने गरी मुख्य ३ योजना सहित म आफूलाई अघी बढाइरहेको छु । नेपालमा हामी संलग्न रहेको मुल्याङ्कन क्षेत्रलाई राम्रो तवरले अघी बढाउन सर्वप्रथम यस क्षेत्रमा संलग्न व्यवसायीहरु आफैं सचेत हुनुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij